Trending
Prev Story
Next Story

सकेट बम विस्फोट हुँदा दुई किशोर घाइते

Ekantipur •
October 19, 2026 • 03:14 PM
1
1 reads 0 reactions

जुम्लामा पाइपभित्र रहेको बारुद सल्किएर सकेट बम विस्फोट भएको थियो । बम द्वन्द्वकालकै रहेको प्रहरीले जनाएको छ ।

सकेट बम विस्फोट हुँदा दुई किशोर घाइते

जुम्लामा पाइपभित्र रहेको बारुद सल्किएर सकेट बम विस्फोट भएको थियो । बम द्वन्द्वकालकै रहेको प्रहरीले जनाएको छ ।

जुम्ला — जुम्लामा बम विस्फोट हुँदा दुई किशोर घाइते भएका छन् । सोमबार बिहान बम विस्फोट हुँदा हिमा गाउँपालिका–२ ओदी गाउँका १४ वर्षीय बलबहादुर रोकाया र १८ वर्षीय कमल थापा घाइते भएका हुन् ।

कमलको अवस्था सामान्य रहेको र बलबहादुरको अवस्था अलि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सामान्य घाइते कमलको गाउँमै उपचार भइरहेको छ भने बलबहादुरलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ । जुम्ला प्रहरी प्रमुख डीएसपी चिरञ्जीवी दाहालले बलबहादुरको खुट्टाको पैतालामा धेरै चोट लागेको बताए ।

'पाइप काट्ने क्रममा पाइपभित्र रहेको बारुद सल्किएर सकेट बम विस्फोट भएको थियो,' उनले भने, ‘पाइपभित्र धेरै समयपहिले बारुद भरिएको रहेछ । त्यही पाइप काट्न खोज्दा विस्फोट हुन पुग्यो ।’ डीएसपी दाहालले यो सकेट बम द्वन्द्वकालकै रहेको बताए ।

उनका अनुसार पाइप डेढ मिटरजति लामो थियो । त्यही पाइप खानेपानीको धारा बनाउन प्रयोग गर्ने क्रममा एक्कासि बारुदमा आगो सल्किएर विस्फोट भएको थियो । पाइपको एकतर्फको प्वाल पूर्ण रूपमा बन्द रहेको थियो ।

गाउँमै बम विस्फोट भएपछि त्रास फैलिएको छ । द्वन्द्वकालमा ओदी गाउँमा तत्कालीन नेकपा माओवादीको जिल्ला कार्यालयसमेत थियो । पाइप घरभित्रै थियो । त्यही पाइप धारामा जडान गर्न काट्ने क्रममा विस्फोट भएको स्थानीय ताराबहादुर रोकायाले जानकारी दिए ।

रोकायाका अनुसार फलामको ६० एमएमको पाइपभित्र बारुद राखिएको रहेछ । एकतर्फ खुला र अर्कोतर्फ पूर्ण रूपमा बन्द थियो । पाइपको बन्द भाग काटेर धारामा जोड्ने भनिएको थियो । उनले भने, ‘आधा भाग नकाट्दै विस्फोट भएको थियो ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
17h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#घाइते
Compare →
Onlinekhabar
17h ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको …

#घाइते
Compare →
Arthasansar
19h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#रहे #घाइते
Compare →
Hamro Patro News
1d ago
मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर । मकवानपुरको भीमफेदी सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

#घाइते
Compare →

Related Stories

National (Nepal)
Build #2612