काठमाडौं- राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज शनिवार दुई खेल हुँदैछन् । तर काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण आजका दुवै खेल प्रभावित हुने सम्भावना देखिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन् । निर्धारित तालिकाअनुसार खेल मध्यान्ह १२ बजे प्रारम्भ हुनेछ ।
Read full story at source ( kalakarmi.com )