काठमाडौं । अमेरिकाले युक्रेनलाई ५०० वटा पेट्रियट मिसाइल बिक्री गर्न स्वीकृति दिएको छ । रुसी हवाई आक्रमणबाट प्रतिरक्षाका लागि अत्यावश्यक मानिएका यी मिसाइल आइपुग्न भने केही वर्ष लाग्न सक्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर मिसाइलको मूल्य २.१ अर्ब अमेरिकी डलर हुनेछ । यसको सम्पूर्ण खर्च युरोपेली मुलुक र क्यानडाले बेहोर्नेछन् ।
Read full story at source ( baahrakhari.com )