सुनसरीको दुहबी नगरपालिका–९ की १६ वर्षीया खुसी ऋषिदेव (मुसहर) ले दिनहुँ आफ्नै उमेरका साथीहरू किताब र कापी बोकेर विद्यालय आउजाउ गरेको देख्छिन् तर उनको मनमा आफू पनि पढ्न जान पाए हुन्थ्यो भन्ने चाहना पलाउन सकेन। किनकि उनलाई न कसैले पढ्नुपर्छ भन्यो न परिवारले नै विद्यालय पठाउने प्रयास गर्यो।
खुसीको घरवरिपरि सामुदायिक र निजी विद्यालयको कमी भने छैन। विद्यालय नगईकन उनको पढ्ने उमेर बित्दै गयो। अहिले घरमा उनको पढाइ होइन, विवाहको कुरा चल्न थालेको छ। अक्षर चिन्ने र आफ्नो नाम लेख्न सिक्ने अवसर नपाएकी खुसीले अब कसैकी पत्नी बनेर घर जाने सपना देख्न थालेकी छन्। ‘खै, अहिलेसम्म पढ्न स्कुल गएकी छैन। किन पढ्ने भन्ने पनि थाहा छैन,’ उनी भन्छिन्।
Read full story at source ( nagariknews.nagariknetwork.com )