Trending
Prev Story
Next Story

भिडियो : एउटा कुकुर उद्धारको कथा, २० दिनपछि यसरी लगाइयो मालिकको जिम्मा

Ekantipur •
October 31, 2026 • 02:32 AM
1
1 reads 0 reactions

बुढीगण्डकीको भेल र छङ्गाछुर भिरबीच फसेको कुकुरलाई मौसमका कारण हेलिकोप्टरबाट उद्धार सम्भव नभएपछि जलमार्गबाट निकालिएको हो।

भिडियो : एउटा कुकुर उद्धारको कथा, २० दिनपछि यसरी लगाइयो मालिकको जिम्मा

बुढीगण्डकीको भेल र छङ्गाछुर भिरबीच फसेको कुकुरलाई मौसमका कारण हेलिकोप्टरबाट उद्धार सम्भव नभएपछि जलमार्गबाट निकालिएको हो।

काठमाडौँ — २५ असोजमा गएको बुढीगण्डकी बाढीपछि चुमनुव्री–३ जगत पारी बगरमा फसेको कुकुरको उद्धार भएको छ । धादिङबाट आएको कायाकिङ र र्‍याफ्टिङ टोलीले कुकुरको उद्धार गरेको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।

चुमनुव्री–३ जगत र धार्चे गाउँपालिका–७ टाडोभर्‍याङ सीमा क्षेत्रमा फसेको कुकुरको २० दिनपछि उद्धार गरिएको हो । शुक्रबार दिउँसो कुकुरको उद्धार गरेर जगततर्फ ल्याइएको उनले बताए ।

एनिमल नेपाल संस्थासाग समन्वय गरेर कुकुरको उद्धार गरिएको हो । हेलिकोप्टरबाट कुकुरको उद्धारको तयारी गरिए पनि मौसम अनुकुल नहुँदा बिहीबार हेलिकोप्टरबाट उडान हुन सकेको थिएन । कुकुर र केही बाख्रा फसेको जानकारी पाएदेखि नै उद्धारका लागि पहल र समन्वय भएको  भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताए । ‘हिजो (बिहीबार) हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास गरेका थियौं, मौसम नखुल्दा सम्भव नभएपछि कायाकिङ र र्‍याफ्टिङ टोलीसँग समन्वय गरेर आज उद्धार टोली जगत पुगेको हो,’ उनले भने ।

२५ असोजको बाढीपछि जगतपारि बगरमा एउटा कुकुर र केही बाख्रा फसेका थिए । चुमनुव्री–३ जगत र धार्चे–१ को ठाडो भर्‍याङ सीमा क्षेत्रमा २५ असोजदेखि कुकुर फसेको थियो । कुकुरलाई वारि जगततर्फ आउन बुढीगण्डकीको भेलले रोकेको  थियो भने पारि छङ्गाछुर भिर थियो । बगरमा फसेको कुकुर खानेकुरा अभावमा भोकभोकै भाौतारिएको थियो ।

अहिल जगतपारि बगरमा फसेका बाख्राहरूको उद्धारको प्रयास भइरहेको छ । मौसमको अवस्था बिग्रिएपछि हेलिकोप्टर उडानमा चुनौती देखेपछि कायकिङ र र्‍याफ्टिङ टोलीमार्फत पनि कुकुरको उद्धार भएको हो ।

भीमलाल श्रेष्ठ कान्तिपुर टेलिभिजनमा गोरखा जिल्लाको संवाददाताको रूपमा कार्यरत छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
विपद् उद्धारमा खटिने ‘साम्वा’सहित सशस्त्रका राष्ट्रसेवक कुकुरहरू सम्मानित

विपद् उद्धारमा खटिने ‘साम्वा’सहित सशस्त्रका राष्ट्रसेवक कुकुरहरू सम्मानित

विपद् उद्धारमा खटिने ‘साम्वा’सहित सशस्त्रका राष्ट्रसेवक कुकुरहरू सम्मानित १३ मिनेट अघि काठमाडौं : यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको अवसरमा विपद् उद्धार तथा सुरक्षा व्यवस्थापनमा महत्त्वपूर्ण योगद...

#कुकुर #उद्धार
Compare →
Nagarik News
5d ago
सभापति थापाले यसरी मनाए कुकुर तिहार (तस्बिरसहित)

सभापति थापाले यसरी मनाए कुकुर तिहार (तस्बिरसहित)

हिन्दु धर्मावलम्बीहरूले तिहारमा कुकुरको पूजा गरी मीठा परिकार खुवाएर कुकुर तिहार मनाउँछन्। कुकुरलाई इमानदार र बफादार साथीका रूपमा सम्मान गर्ने गरिन्छ।

#कुकुर #यसरी
Compare →
Onlinekhabar
5d ago
एक दिन होइन, सधैँभरि माया र सम्मान : गोल्याण फाउन्डेसनले कुकुरका लागि थाल्यो नयाँ अभियान

एक दिन होइन, सधैँभरि माया र सम्मान : गोल्याण फाउन्डेसनले कुकुरका लागि थाल्यो नयाँ अभियान

आज सबैतिर धुमधामसँग कुकुर पूजा गरिरहँदा नयाँ बानेश्वरको परिदृश्य भने केही फरक देखियो । त्यहाँ कुकुरलाई फूलमालाले पूजा गर्ने र मीठोमसिनो खानेकुरा दिने विधि मात्र भइरहेको थिएन । बरु यी अबोध प्राणीहरूको हितमा एउटा अनुकरणीय …

#कुकुर
Compare →

Related Stories

Education & Youth
Build #2612