Trending
Prev Story
Next Story

प्रधानमन्त्री कार्यालयलाई ओलीको प्रश्न : पत्रकार पक्राउ गर्ने निर्देशन कसले दियो?

Nagarik News •
October 31, 2026 • 01:03 AM
1
1 reads 0 reactions

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्री कार्यालयले अनभिज्ञता जनाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्यालयलाई ओलीको प्रश्न : पत्रकार पक्राउ गर्ने निर्देशन कसले दियो?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्री कार्यालयले अनभिज्ञता जनाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले असन्तुष्टि व्यक्त गरेकी हुन्। प्रधानमन्त्री कार्यालयले घटनाबारे आफू अनभिज्ञ रहेको बताएको उल्लेख गर्दै ओलीले प्रहरीलाई सञ्चारगृहमा प्रवेश गरी पत्रकार पक्राउ गर्न निर्देशन कसले दिएको हो भन्दै प्रश्न गरिन्।

'प्रधानमन्त्री कार्यालयले घटनाबारे आफू अनभिज्ञ रहेको बताएको छ। यो त झन् गम्भीर कुरा भयो! त्यसो भए सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्ने निर्देशन कसले दियो? राज्यको सुरक्षा संयन्त्र कसको आदेशमा चलिरहेको छ?' उनले प्रश्न गरेकी छन्।

पत्रकार पक्राउ गर्ने आदेश दिने निकाय जिम्मेवार नहुने र प्रधानमन्त्री कार्यालय अनभिज्ञ रहने अवस्थाप्रति असन्तुष्टि जनाउँदै ओलीले घटनाको जिम्मेवारी कसले लिने र कसलाई जवाफदेही बनाउने भन्ने प्रश्न गरिन्।

'पत्रकार पक्राउ गर्ने आदेश दिने निकाय जिम्मेवार नहुने, प्रधानमन्त्री कार्यालय अनभिज्ञ हुने, अनि अन्त्यमा सबै कुरा सामान्य मान्ने?' उनले प्रश्न गरेकी छन्, 'आखिर यो घटनाको जिम्मेवारी कसले लिने? कसलाई जवाफदेही बनाउने? कि राज्यमा आदेश दिने त छन्, तर जिम्मेवारी लिने कोही छैन?'

विधिको शासनमा आदेश दिने व्यक्ति पनि जवाफदेही हुनुपर्नेमा जोड दिइन्। पक्राउ परेका पत्रकारहरू छुटिसकेको जानकारी दिँदै ओलीले घटनाको जिम्मेवारी सम्बन्धित व्यक्तिले लिनुपर्ने भनाइ राखिन्।

उनले भनिन्, 'विधिको शासनमा आदेश मात्र होइन, आदेश दिने व्यक्ति पनि जवाफदेही हुनुपर्छ।'

प्रकाशित: १४ कार्तिक २०८३ ०६:४८ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
8h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#पत्रकार #प्रवेश
Compare →
Hamro Patro News
5d ago
कांग्रेस सहमहामन्त्री शिवाकोटीले पत्रकार खड्कासँग मागे माफी

कांग्रेस सहमहामन्त्री शिवाकोटीले पत्रकार खड्कासँग मागे माफी

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पत्रकार रोशन खड्कासँग माफी मागेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोमा आइतबार भएको छलफलका क्रममा शिवाकोटीले खड्कासँग माफी मागेका हुन्। काठ...

#पत्रकार
Compare →

Related Stories

Politics & Governance
Build #2612