Trending
Prev Story
Next Story

बालोन डी’अर जित्न नसकेका यामलको ‘मानसिकता’को फ्लिकद्वारा प्रशंसा

Ekantipur •
October 30, 2026 • 05:01 PM
1
1 reads 0 reactions

क्याटलन क्लब बार्सिलोनासँग ला लिगाको उपाधि जित्नुका साथै स्पेनबाट विश्वकप उपाधिसमेत उचालेका १९ वर्षीय विंगर यामल सोमबार विश्वकै उत्कृष्ट खेलाडीलाई प्रदान गरिने बालोन डी’अरको मतदानमा तेस्रो भएका थिए ।

बालोन डी’अर जित्न नसकेका यामलको ‘मानसिकता’को फ्लिकद्वारा प्रशंसा

क्याटलन क्लब बार्सिलोनासँग ला लिगाको उपाधि जित्नुका साथै स्पेनबाट विश्वकप उपाधिसमेत उचालेका १९ वर्षीय विंगर यामल सोमबार विश्वकै उत्कृष्ट खेलाडीलाई प्रदान गरिने बालोन डी’अरको मतदानमा तेस्रो भएका थिए ।

बार्सिलोना — बालोन डी’अर अवार्ड ह्यारी केनले जितेपछि निराश बनेका बार्सिलोनाका फरवार्ड लामिन यामलले त्यसलाई राम्रोसँग सामना गरेको प्रशिक्षक हान्सी फ्लिकले शुक्रबार बताएका छन् ।

क्याटलन क्लब बार्सिलोनासँग ला लिगाको उपाधि जित्नुका साथै स्पेनबाट विश्वकप उपाधिसमेत उचालेका १९ वर्षीय विंगर यामल सोमबार विश्वकै उत्कृष्ट खेलाडीलाई प्रदान गरिने बालोन डी’अरको मतदानमा तेस्रो भएका थिए । उनी इंग्ल्यान्डका केन र फ्रान्सका केलियन एमबाप्पेभन्दा पछि परेका हुन् ।

ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु मैदानमा अलाभेससँग खेल्नुअघि प्रशिक्षक फ्लिकले भने, ‘ह्यारी केन यो अवार्डका हकदार थिए । तर, लामिनका बारेमा मेरो धारणा के छ भन्ने तपाईंहरूलाई पहिल्यै थाहा छ । उनी यो अवार्ड जित्ने स्तरका खेलाडी हुन् ।’

उनले थपे, ‘म लामिनप्रति निकै गर्व गर्छु । उनले निराशालाई राम्रोसँग सामना गरेका छन् र प्रशिक्षणमा पूर्ण रूपमा केन्द्रित छन् । प्रतिक्रिया जनाउने सही तरिका यही हो । उनको मानसिकता टोलीका लागि निकै राम्रो छ ।’

शनिबार अलाभेसविरुद्ध खेल्दा यामललाई बालोन डी’अर जित्न नसकेको निराशालाई पछाडि छाड्ने अवसर छ । पछिल्ला दुई महत्त्वपूर्ण खेलमा पराजित भएपछि बार्सिलोना घरेलु मैदानमा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।

सबै प्रतियोगितामा लगातार पहिलो ११ खेल जितेपछि बार्सिलोना उत्कृष्ट लयमा थियो । तर, गत मंगलबार च्याम्पियन्स लिगअन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) को मैदानमा पुगेपछि टोलीको प्रदर्शन कमजोर बन्यो । उक्त खेलमा बार्सिलोना ४–२ गोलले पराजित भएको थियो ।

त्यसको केही दिनपछि ला लिगाअन्तर्गत घरेलु मैदानमा केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल म्याड्रिडले बार्सिलोनालाई २–१ गोलले हराएको थियो ।

फ्लिकले भने, ‘शनिबारको खेलमा सबैभन्दा महत्त्वपूर्ण पक्ष जित्नु हो । टोलीले राम्रो खेलिरहेको छ र हामीलाई आफ्नो क्षमतामाथि विश्वास छ । प्रशिक्षण सत्र राम्रो भएको मैले देखेको छु र खेलाडीमा सकारात्मक माहोल छ । हामीले मैदानमा पनि त्यही प्रदर्शन देखाउनुपर्छ ।’

‘अलाभेस राम्रोसँग रक्षात्मक खेल खेल्न जान्ने टोली हो । तर, हामी बार्सिलोना हौं र हामी आफ्नो उत्कृष्ट प्रदर्शन देखाउन चाहन्छौं,’ उनले थपे ।

अलाभेससँगको खेलअघि बार्सिलोना ला लिगाको शीर्षस्थानमा छ । दोस्रो स्थानको टोलीभन्दा २ अंकले अगाडि छ । त्यसपछि बार्सिलोनाले एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

आफूलाई हार मन नपर्ने स्वीकार गरे पनि जर्मन प्रशिक्षक फ्लिकले यो सिजन लामो यात्राजस्तै रहेको बताए । उनले भने, ‘उपाधि जित्ने वा नजित्ने कुरा सिजनको अन्त्यमा तय हुन्छ । हामीले परिस्थितिको सामना गर्नुपर्छ । हामीले जित्न सक्थ्यौं, तर हार स्वीकार्दै त्यसबाट पाठ सिक्नुपर्छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
बालोन डी’अर जित्न नसकेका यामलको बार्सिलोनाका प्रशिक्षक फ्लिकद्वारा प्रशंसा

बालोन डी’अर जित्न नसकेका यामलको बार्सिलोनाका प्रशिक्षक फ्लिकद्वारा प्रशंसा

बार्सिलोना । बालोन डी’अर अवार्ड ह्यारी केनले जितेपछि निराश बनेका बार्सिलोनाका फरवार्ड लामिन यामलले त्यसलाई राम्रोसँग सामना गरेको प्रशिक्षक हान्सी फ्लिकले शुक्रबार बताएका छन् । क्याटलन क्लब बार्सिल...

#बालोन #यामल #बार्सिलोना
Compare →
Bizshala
2w ago
एम्बाप्पे र यामाललाई पछि पार्दै केनले जिते बालोन डी’ओर अवार्ड

एम्बाप्पे र यामाललाई पछि पार्दै केनले जिते बालोन डी’ओर अवार्ड

लन्डन । इंग्ल्यान्डका ह्यारी केन र स्पेनकी एलेक्सिया पुटेलास यस वर्षको पुरुष तथा महिला बालोन डी’ओर अवार्डबाट सम्मानित...

#बालोन
Compare →
Arthasansar
2w ago
केनले जिते बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

केनले जिते बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर जितेका छन् । सन्...

#बालोन
Compare →
Nagarik News
2w ago
एलेक्सिया पुटेलासलाई तेस्रोपटक महिला बालोन डी’ओर, स्पेनको वर्चस्व कायमै

एलेक्सिया पुटेलासलाई तेस्रोपटक महिला बालोन डी’ओर, स्पेनको वर्चस्व कायमै

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले कीर्तिमानी तेस्रोपटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्।

#बालोन
Compare →

Related Stories

Sports
Build #2611