Trending
Prev Story
Next Story

केनले जिते बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

Arthasansar •
October 27, 2026 • 02:02 AM
1
1 reads 0 reactions

इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर जितेका छन् । सन्...

केनले जिते बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर जितेका छन् । सन् २०२५–२६ को सिजनमा कीर्तिमानी प्रदर्शन गर्दै क्लब र देशका लागि उत्कृष्ट गोल गरेका केनले आफ्नो करियरको लामो प्रतीक्षापछि यो सम्मान हात पारेका हुन् ।

केन पछिल्लो २५ वर्षमा बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् । यसअघि सन् २००१ मा माइकल ओवेनले यो पुरस्कार जितेका थिए । सोमबार पुरस्कार ग्रहण गरेपछि केनले खुसी व्यक्त गर्दै भने, ‘वाह, वाह, वाह ! म लगभग निःशब्द भएको छु । लन्डनमा यो पुरस्कार ग्रहण गर्न पाउनु मेरा लागि अझ विशेष बनेको छ । आजको रात मेरा लागि शुभ संकेतजस्तै भएको छ । मलाई मतदान गर्ने सबैलाई धन्यवाद । यस वर्ष विजेता छनोट गर्न निकै कठिन भएको हुनुपर्छ भन्ने म कल्पना गर्न सक्छु ।’

उनले समारोहमा उपस्थित विश्वस्तरीय खेलाडीहरूलाई बधाई दिँदै सबै विजेता तथा मनोनयनमा परेका खेलाडीको प्रशंसा गरे । उनले दृढ संकल्प र कडा मेहनतले ठूलो सफलता हासिल गर्न सकिने पनि बताए । केनले सन् २०२३ मा बायर्न म्युनिखमा आबद्ध भएपछि लामो समयदेखि प्रतीक्षा गरिरहेका टोलीगत उपाधिहरू जित्ने अवसर पाएका थिए । सन् २०२५–२६ को सिजनमा उनले उपाधिसँगै व्यक्तिगत गोलको कीर्तिमानसमेत कायम गरे ।

इंग्ल्यान्डका कप्तान केनले उक्त सिजन बायर्नका लागि सबै प्रतियोगितामा गरी ५१ खेलमा ६१ गोल गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनमा बायर्नले जर्मनीको घरेलु लिग र कप दुवै उपाधि जित्दै सिजनको अन्त्य गरेको थियो । सिजनभर निरन्तर गोल गर्दै केन युरोपका अग्रणी गोलकर्ताका रूपमा स्थापित भए । क्लबका लागि उनको प्रभावसँगै राष्ट्रिय टोलीमा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विश्वकपको उपाधि जित्ने दशकौंदेखिको प्रतीक्षा अन्त्य गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको इंग्ल्यान्डका लागि केन पुनः प्रमुख खेलाडी बने । उनले विश्वकप प्रतियोगितामा ६ गोल गरे र इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए । त्यस्तै, स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले महिलातर्फको बालोन डी’ओर (बालोन डी’ओर फेमिनिन) तेस्रोपटक जितेकी छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
८१ वर्षको उमेरमा ह्यारिसनले जिते बुकर पुरस्कार, १९८ पृष्ठको उपन्यासले बनायो इतिहास

८१ वर्षको उमेरमा ह्यारिसनले जिते बुकर पुरस्कार, १९८ पृष्ठको उपन्यासले बनायो इतिहास

काठमाडौँ । बेलायती लेखक एम जोन ह्यारिसनले ८१ वर्षको उमेरमा सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन् । उनको उपन्यास ‘द एन्ड अफ एभ्रिथिङ’लाई यस वर्षको बुकर पुरस्कार प्रदान गरिएको हो । यससँगै ...

#पुरस्कार #जिते
Compare →
Onlinekhabar
3d ago
८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

२४ कात्तिक, काठमाडौं । बेलायती लेखक एम जोन ह्यारिसनले सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन् । ८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन् । ह्यारिसनले आफ्नो …

#पुरस्कार #जिते
Compare →

Related Stories

Sports
Build #2611