Trending
Prev Story
Next Story

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Arthasansar •
October 27, 2026 • 02:02 AM
1
1 reads 0 reactions

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम...

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक ११ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । मञ्जुश्री फाइनान्सले कात्तिक २० गते, शुक्रबार, थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले ४० करोड रुपैयाँ बराबरको ८.७५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

त्यस्तै, बरुण हाइड्रोपावरले कात्तिक २० गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा २३ औँ वार्षिक साधारणसभा बोलाएको छ । सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ जना गरी ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक निुयक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
5d ago
तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

यी १८ कम्पनीमा ९ बाट १० प्रतिशतभन्दा धेरै लाभांश प्राप्त गर्न सकिने अवस्था छ ।

#लाभांश #सभा #कम्पनीको
Compare →
Hamro Patro News
18h ago
एनएमबि बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

एनएमबि बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । एनएमबि बैंकले साधारण सभा बोलाएको छ । बैंकले आगामी मंसिर २५ गते शुक्रवार ३१ औँ वार्षिक साधारण सभा डाकेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न...

#लाभांश #सभा
Compare →
Bizshala
1w ago
मञ्जुश्री फाइनान्सको १९औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

मञ्जुश्री फाइनान्सको १९औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौको थापागाउँस्थित थापागाउँ...

#लाभांश #मञ्जुश्री
Compare →
Onlinekhabar
1w ago
काठमाडौं प्रशासनले भन्यो : देउसी–भैलो मर्यादित र सुरक्षित रूपमा सञ्चालन गर्नू

काठमाडौं प्रशासनले भन्यो : देउसी–भैलो मर्यादित र सुरक्षित रूपमा सञ्चालन गर्नू

१९ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित एवं सुरक्षित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । बिहीबार साँझ एक सूचना जारी गर्दै प्रशासनले देउसीभैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन …

#सुरक्षित
Compare →
Nagarik News
6d ago
नर्सको भविष्य सुरक्षित नगरी स्वास्थ्य सेवा कसरी सुरक्षित हुन्छ ?

नर्सको भविष्य सुरक्षित नगरी स्वास्थ्य सेवा कसरी सुरक्षित हुन्छ ?

बिरामीको जीवनरक्षादेखि स्वास्थ्य नेतृत्वसम्म : अधिकार, अवसर र कार्यान्वयनको चुनौती

#सुरक्षित
Compare →

Related Stories

Business & Economy
Build #2612