Trending
Prev Story
Next Story

अपेक्षाभन्दा बढी रोमाञ्चकतामा एनपीएल

Ekantipur •
October 30, 2026 • 04:02 PM
1
1 reads 0 reactions

पहिलो साताका ६ खेलमा अप्रत्याशित नतिजा र अन्तिम ओभरसम्मको प्रतिस्पर्धा देखिँदा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैमा प्रभाव जमाएका छन् । व्यवस्थापकीय चुनौती र मौसमको अनिश्चितताबीच एनपीएलको दोस्रो साताका खेलप्रति दर्शकको चासो बढेको छ ।

अपेक्षाभन्दा बढी रोमाञ्चकतामा एनपीएल

पहिलो साताका ६ खेलमा अप्रत्याशित नतिजा र अन्तिम ओभरसम्मको प्रतिस्पर्धा देखिँदा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैमा प्रभाव जमाएका छन् । व्यवस्थापकीय चुनौती र मौसमको अनिश्चितताबीच एनपीएलको दोस्रो साताका खेलप्रति दर्शकको चासो बढेको छ ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को पहिलो साताका खेलले प्रतियोगितामा अपेक्षाभन्दा बढी रोमाञ्चकता थपेका छन् । सुरुवाती ६ खेलमा कतै एकपक्षीय जित देखियो त कतै अन्तिम ओभरसम्म चलेको प्रतिस्पर्धा ।

कुनै टोलीले आफ्नो शक्ति देखाउँदा कुनै टोली जितको खोजीमा संघर्षरत छन् । टोलीहरूको यही उतारचढाव र नेपाली खेलाडीको प्रभावशाली प्रदर्शनले एनपीएलको सुरुवातलाई निकै रोचक बनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहसमेत उपस्थित उद्घाटन खेल गत सिजनको फाइनलको पुनरावृत्तिजस्तै बन्यो । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गर्‍यो । सुदूरपश्चिमलाई ८७ रनमै समेटेको लुम्बिनीले ६१ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो ।

अक्टोबर २७ का दुई खेलले प्रतिस्पर्धा थप रोचक बनाए । पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले हरायो । १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर १ सय ४९ रनमै समेटियो । एक समय जितको नजिक देखिएको विराटनगरले अन्तिमतिर लय गुमाउँदा अप्रत्याशित हार बेहोर्नुपर्‍यो । त्यही दिन अर्को खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्‍यो । १ सय ३२ रनको लक्ष्य पछ्याएको जनकपुर १ सय १३ रनमै अलआउट भयो ।

अर्को दिन सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पुनरागमन गर्‍यो । १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा ५६ रनमै तीन विकेट गुमाएको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले सम्हाले । उनीहरूको साझेदारीले टोलीलाई जितसम्म पुर्‍यायो । दीपेन्द्र ५१ रनमा अविजित रहे ।

अक्टोबर २९ का खेल भने बिलकुलै फरक रहे । पहिलो खेलमा प्रतियोगिताको पहिलो खेल खेलेको काठमाडौं गोर्खाजले १ सय १५ रन मात्रै बनाउन सक्यो । जनकपुर बोल्ट्सले दुई विकेट गुमाएरै लक्ष्य पूरा गर्दै प्रतियोगितामा दोस्रो खेलबाट जितको खाता खोल्यो ।

दिनको दोस्रो खेल भने एनपीएलकै रोमाञ्चक प्रतिस्पर्धामध्ये एक बन्यो । विराटनगर किंग्सले सात विकेट गुमाएर १ सय ८६ रन बनायो, जुन जारी सिजनकै उच्च स्कोर थियो । जवाफमा कर्णाली याक्सले पनि सानदार ब्याटिङ गर्दै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । पावरप्लेमा चार विकेट लिएको विराटनगरले त्यसपछि गुल्सन झा र कप्तान सोमपाल कामीको साझेदारी तोड्न सकेन । बलिङमा चार विकेट लिएका सोमपालले ब्याटिङमा अविजित ६२ रन जोड्दै पहिलो टी–२० अर्धशतकसमेत पूरा गरे । लगातार दोस्रो हार बेहोरेको विराटनगरका लागि बलिङ र फिल्डिङ दुवै कमजोर पक्ष बने । उता, जितपछि गुल्सनको पुशअप सेलिब्रेसनले पनि मैदानको माहोल ततायो ।

अंक तालिकामा दुई खेल जितेको कर्णाली याक्स चार अंकसहित शीर्ष स्थानमा छ । एक खेलमै प्रभावशाली जित निकालेको लुम्बिनी लायन्स दुई अंक र उत्कृष्ट नेट रनरेटसहित दोस्रो स्थानमा छ । चितवन राइनोज तेस्रो, जनकपुर बोल्ट्स चौथो र सुदूरपश्चिम रोयल्स पाँचौँ स्थानमा छन् । विराटनगर, काठमाडौं र पोखराले भने अझै अंक जोड्न सकेका छैनन् ।

एनपीएलका अघिल्ला दुई सिजनमा विदेशी खेलाडीको प्रभाव बढी देखिएको थियो । तर, यसपटक सुरुवाती खेलमै नेपाली खेलाडीले आफ्नो क्षमता प्रमाणित गरेका छन् । शीर्ष पाँच ब्याटरमध्ये तीन नेपाली छन् भने सर्वाधिक विकेट लिने पाँच बलरमध्ये चार नेपाली खेलाडी छन् ।

ब्याटिङमा दुई इनिङ्सबाट एक अर्धशतकसहित १ सय १३ रन बनाएका लोकेश बम शीर्ष स्थानमा छन् । दीपेन्द्रसिंह ऐरी ७८ रनसहित दोस्रो र मोइन अली ७७ रनसहित तेस्रो स्थानमा छन् । आरिफुल इस्लाम र पवन सर्राफ क्रमशः ७५ र ७३ रनसहित शीर्ष पाँचमा छन् ।

बलिङमा जनकपुरका राहुल यादव ६ विकेटसहित शीर्ष स्थानमा छन् । ट्यालेन्ट हन्टबाट टोलीमा आएका राहुलले दुई खेलमा ४६ रन खर्चेर यो सफलता हात पारेका हुन् । सोमपाल कामी र अनिल खरेलले समान पाँच विकेट लिएका छन् । जनकपुरका हरमित सिंह र लुम्बिनीका किशोर महतोले चार–चार विकेट लिएका छन् ।

मैदानभित्रको प्रतिस्पर्धासँगै मैदान बाहिरका केही विषयले पनि एनपीएलमा चर्चा पाएका छन् । पाकिस्तान क्रिकेट बोर्डले अनापत्ति प्रमाणपत्र (एनओसी) का लागि प्रतिखेलाडी २५ हजार अमेरिकी डलर मागेपछि फ्रेन्चाइज टोलीलाई आर्थिक चुनौती थपिएको छ । यद्यपि, विदेशी खेलाडीको आगमन जारी छ । पहिलोपटक प्रयोग गरिएको डिसिजन रिभ्यु सिस्टम (डीआरएस) सञ्चालनमा सुरुवाती दुई दिन केही कठिनाइ देखिए पनि अहिले सहज हुँदै गएको छ । अम्पायरको निर्णयमाथि चुनौती दिन पाउने यो व्यवस्थाले खेललाई थप प्रविधिमैत्री बनाएको छ ।

यता, टिकट प्रमाणीकरण गर्ने स्थान मैदानबाट टाढा रहेको भन्दै दर्शकले असन्तुष्टि जनाएका छन् । टिकट व्यवस्थापनलाई थप सहज र प्रविधिमैत्री बनाउनुपर्ने उनीहरूको सुझाव छ । व्यवस्थापकीय केही चुनौतीका बाबजुद पहिलो साताका खेलमा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ ।

अब दोस्रो साताका खेलमा सबैको नजर हुनेछ । उपाधि दाबेदार मानिएका टोलीलाई लय समात्नुपर्ने दबाब छ भने सुरुवाती जित निकालेका टोली त्यसलाई निरन्तरता दिने प्रयासमा हुनेछन् । खेलाडी तयार छन्, दर्शक उत्साहित छन् । तर, क्रिकेटको यो उत्सव निर्बाध चल्न मौसम पनि अनुकूल हुनुपर्छ । सबैको कामना छ, आकाश खुलोस्, वर्षा नहोस् र एनपीएलको रोमाञ्च कायम रहोस् ।

सुवास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल
Compare →
Nagarik News
7h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →
Arthasansar
14h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#एनपीएल
Compare →
Onlinekhabar
14h ago
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् …

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2611