Trending
Prev Story
Next Story

पत्रकार पक्राउबारे रास्वपाका सचेतक भन्छन् : प्रहरीको जंगे शैली

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकारहरू पक्राउ गरिएको घटनालाई जंगे शैलीको संज्ञा दिएका छन् । प्रहरी कार्यालयमा प्रहरी पुग्नुलाई उनले जंगे शैलीको संज्ञा दिएका हुन् । ‘पत्रकार विश्वमणी सुवेदी पक्राउ …

पत्रकार पक्राउबारे रास्वपाका सचेतक भन्छन् : प्रहरीको जंगे शैली

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकारहरू पक्राउ गरिएको घटनालाई जंगे शैलीको संज्ञा दिएका छन् ।

प्रहरी कार्यालयमा प्रहरी पुग्नुलाई उनले जंगे शैलीको संज्ञा दिएका हुन् ।

‘पत्रकार विश्वमणी सुवेदी पक्राउ प्रकणर र नयाँ पत्रिकाको कार्यालयमा पुगेका सादा पोशाकका प्रहरी जत्थाको जंगे शैली लोकतान्त्रिक राज्य नेपालको सामान्य चरित्र हुँदै होइन ।’

सार्वजनिक बिदाको अगाडि पत्रकार किन पक्राउ गरिएको भनेर पनि उनले प्रश्न उठाएका छन् ।

उनले लखेका छन्, ‘विदाको मुखैमा गरिएको प्रहरीको यो हर्कत छानविनयोग्य छ, म सरकारसंग यो ‘मिडीया धरपकड प्रकरण’ को छानिवनका लागि विशेष माग गर्दछु’

पत्रकार/मिडियाको विषयलाई प्रेस काउन्सीलबाटै निरुपण गर्ने अभ्यास गर्न माग गरेका छन् ।

शुक्रबार दिउँसो नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभ न्युजका शोबराज बराल, डीएनए खबरका धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस्तै नयाँ पत्रिका कार्यालय, दियो पोस्ट अनलाइनको कार्यालयमा प्रहरी पुगेर विभिन्न पत्रकारलाई समाचारको विषयमा बुझ्नलाई कार्यालयमै लैजान आएको भनेको थियो।

दिउँसो प्रहरी नियन्त्रणमा रहेका पत्रकारहरू साँझ रिहा भएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
5d ago
फैलिँदै तिहार, फेरिँदै शैली

फैलिँदै तिहार, फेरिँदै शैली

तिहार नेपालबाट विश्वभर फैलिँदै जाँदा यसलाई मनाउने शैली पनि परिवर्तन आएको छ । देउसी–भैलोको मौलिक भाकादेखि चंगा र परम्परागत खेलसम्म फेरिँदै गएको छ । नयाँ पुस्ताले परम्परागत असमानतामाथि प्रश्न पनि उठाउन थालका छन् ।

#शैली
Compare →
Hamro Patro News
5d ago
कांग्रेस सहमहामन्त्री शिवाकोटीले पत्रकार खड्कासँग मागे माफी

कांग्रेस सहमहामन्त्री शिवाकोटीले पत्रकार खड्कासँग मागे माफी

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पत्रकार रोशन खड्कासँग माफी मागेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोमा आइतबार भएको छलफलका क्रममा शिवाकोटीले खड्कासँग माफी मागेका हुन्। काठ...

#पत्रकार
Compare →

Related Stories

National (Nepal)
Build #2611