Trending
Prev Story
Next Story

काठमाडौं स्पोर्ट्स भेन्चर्सले लियो सुदूरपश्चिम स्पोर्ट्सको आधा स्वामित्व

Ekantipur •
October 30, 2026 • 03:01 PM
1
1 reads 0 reactions

धनगढी एफसी र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको साझेदारीमा स्थापित कम्पनीले फुटबल, क्रिकेटसहित अन्य खेलकुद गतिविधिमा लगानी विस्तार गर्नेछ ।

काठमाडौं स्पोर्ट्स भेन्चर्सले लियो सुदूरपश्चिम स्पोर्ट्सको आधा स्वामित्व

धनगढी एफसी र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको साझेदारीमा स्थापित कम्पनीले फुटबल, क्रिकेटसहित अन्य खेलकुद गतिविधिमा लगानी विस्तार गर्नेछ ।

काठमाडौँ — फुटबल र क्रिकेटसँगै अन्य गतिविधि अगाडि बढाउने उद्देश्यले शुक्रबार सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्सको स्थापना गरिएको छ । यसका लागि धनगढी एफसीले काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिसँग हातेमालो गरेको हो । धनगढी एफसीको स्थापना ६ वर्ष अगाडि भएको थियो । यसले नेपाल सुपर लिग (एनएसएल) मा सहभागिता जनाउँदै आएको छ ।

अन्य सामाजिक गतिविधिमा पनि संलग्न धनगढीले एनएसएलको सुरुआती दुई संस्करणको फाइनल खेलेको थियो । तेस्रो संस्करणमा भने यो प्ले–अफसम्म पुग्यो । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिअन्तर्गतको काठमान्डु गोर्खाजले फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्दै आएको छ । प्रतियोगिताका सुरुआती संस्करणमध्ये दोस्रो सिजन काठमान्डु गोर्खाज प्लेअफसम्म पुगेको थियो । नयाँ कम्पनीमा धनगढी एफसीका सुवास शाही र काठमाडौं स्पोर्ट्स डेभलपमेन्टको समान लगानी रहनेछ ।

यस सम्झौताअनुसार सुदूरपश्चिम स्पोर्ट्स कम्पनीको अध्यक्षमा उपेन्द्र महतो रहनेछन् भने शाही सञ्चालक तथा अनुभव स्वाँर सिरोहिया कार्यकारी निर्देशक हुनेछन् । यसको बोर्डमा पछि सदस्य थपिने जनाइएको छ ।

यसले अब भर्खरै घोषणा भएको नेपाल फुटबल लिग (एनएफएल) मा सहभागिता जनाउने छ भने ग्रासरुट र महिला फुटबलको विकासमा पनि लगानी गर्नेछ ।

शाहीले नयाँ कम्पनीबारे भनेका छन्, ‘यो लगानीले नेपाली फुटबलमा ठूलो सन्देश जानेछ र यसलाई मैले व्यक्तिगत रूपमा निकै सकारात्मक लिएको छु । यसले नेपाली फुटबलमा केही गर्न सकिन्छ भन्ने देखाएको छ । यस्तो सम्झौताले अन्य नयाँ अवसर तयार पार्न मदत मिल्ने विश्वास छ । यसले सुदूरपश्चिमको पयर्टनसँगै अन्य पक्षको विकास सम्भावना पनि बढाउने छ ।’

कार्यकारी निर्देशक सिरोहियाले भनेका छन्, ‘काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सबाट हामीले क्रिकेटमा ठूलो लगानी गर्दै आएका छौं । यसलाई अन्य खेलकुदमा पनि लैजाने उद्देश्यले हामी धनगढी एफसीबाट सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्ससँग जोडिएका छौं । नेपाली खेलकुदको लोकप्रिय खेल फुटबलसँग आबद्ध हुनु हाम्रा लागि ठूलो अर्थ छ । नेपाली फुटबल अझ लोकप्रियता बनाउने उद्देश्यले हामी आएका हौं ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
11h ago
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, शीर्ष दुईको सम्भावना बलियो

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, शीर्ष दुईको सम्भावना बलियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा १२६ रनको लक्ष्य पछ्याएको काठमाड...

#काठमाडौं #लियो #सुदूरपश्चिम
Compare →
Nagarik News
12h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#काठमाडौं #सुदूरपश्चिम
Compare →
Bizshala
13h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →

Related Stories

Sports
Build #2612