Trending
Prev Story
Next Story

साइबर ब्युरोबाट छुटे पत्रकार विश्वमणि सुवेदी

Ekantipur •
October 30, 2026 • 03:01 PM
1
1 reads 0 reactions

प्रहरीले आफूहरुले प्रकाशित गरेको समाचारको स्रोत के हो भन्ने प्रश्न गर्दै किन नकरात्मकता फैलाएको भन्दै सोधेको नेपाल प्रेस डटकमका प्रधान सम्पादक मात्रिका पौडेलको भनाइ छ ।

साइबर ब्युरोबाट छुटे पत्रकार विश्वमणि सुवेदी

प्रहरीले आफूहरुले प्रकाशित गरेको समाचारको स्रोत के हो भन्ने प्रश्न गर्दै किन नकरात्मकता फैलाएको भन्दै सोधेको नेपाल प्रेस डटकमका प्रधान सम्पादक मात्रिका पौडेलको भनाइ छ ।

काठमाडौँ — प्रहरीको साइबर ब्युरोबाट पत्रकार विश्वमणि सुवेदी छुटेका छन् । नेपाल प्रेस डटकमका प्रधान सम्पादक मात्रिका पौडेलको जिम्मामा उनलाई छाडिएको हो ।

पौडेलले कान्तिपुरसँग कुरा गर्दै आफूहरुसँगै निस्किएको पुष्टि गरे । ‘म र अध्यक्ष विन्दु लम्साललाई पनि साइबर ब्युरोमा बोलाइएको थियो । हामीले समाचारको आधार, तथ्य, प्रमाण पेस गर्नुपर्‍यो भने तोकिएको अदालत र प्रेस काउन्सिलले मागे प्रमाणित गर्छौं । अरुलाई त्यसबारे सोध्ने अधिकार छैन भन्यौं,’ उनले भने ।

प्रहरीले चाहिँ समाचारको स्रोत के हो भन्ने प्रश्न गर्दै किन नकरात्मकता फैलाएको भन्ने सोधेको उनको भनाइ छ । ‘प्रधानमन्त्रीको सचिवालयबाट राजीनामा मागेको छैनौं, कसरी समाचार आयो, नियन्त्रणमा लिएर सोधपुछ गर भनेपछि बोलाएको’ भनेर समेत प्रहरीले बताएको पौडेलले बताए ।

पत्रकार सुवेदीलाई शुक्रबार अपराह्न नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुर्‍याइएको थियो । त्यसपछि उनलाई साइबर ब्युरोमा ल्याइएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
साइबर ब्युरोमा शिवाकोटी–खड्काबीच सहमति, अब अप्रमाणित विषय नलेख्ने प्रतिबद्धता

साइबर ब्युरोमा शिवाकोटी–खड्काबीच सहमति, अब अप्रमाणित विषय नलेख्ने प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र पत्रकार रोशन खड्काबीच सामाजिक सञ्जालमा व्यक्त विचारलाई लिएर निम्तिएकाे विवाद सहमतिमा टुंगिएको छ । साइबर ब्युरोमा भएको छलफलपछि दुवै पक्षल...

#साइबर #ब्युरो
Compare →
Nagarik News
5d ago
उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेर आफूमाथि परेको उजुरीमा सहमति गरी फर्किएका छन्।

#साइबर #ब्युरो
Compare →
Onlinekhabar
5d ago
साइबर ब्युरो उपस्थित हुँदै कांग्रेस सहमहामन्त्री शिवाकोटी

साइबर ब्युरो उपस्थित हुँदै कांग्रेस सहमहामन्त्री शिवाकोटी

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले आफूलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएकाले उपस्थित हुन लागेको बताएका छन् । उनका अनुसार ब्युरोले आइतबार बिहान साढे ११ बजे फोन गरेर दिउँसो १२ बजे उपस्थित हुन …

#साइबर #ब्युरो
Compare →

Related Stories

Technology
Build #2612