Trending
Prev Story
Next Story

कार्यकक्षबाटै पक्राउ परेका पत्रकारले लेखेको समाचारमा के थियो ?

Ekantipur •
October 30, 2026 • 02:32 PM
1
1 reads 0 reactions

पत्रकार विश्वमणि सुवेदी कार्यरत नेपाल प्रेस डटकमले ‘आईजीपी दानबहादुर कार्कीसँग सरकारले राजीनामा मागेको’ विवरणसहितको समाचार ११ कात्तिकमा प्रकाशित गरेको थियो ।

कार्यकक्षबाटै पक्राउ परेका पत्रकारले लेखेको समाचारमा के थियो ?

पत्रकार विश्वमणि सुवेदी कार्यरत नेपाल प्रेस डटकमले ‘आईजीपी दानबहादुर कार्कीसँग सरकारले राजीनामा मागेको’ विवरणसहितको समाचार ११ कात्तिकमा प्रकाशित गरेको थियो ।

काठमाडौँ — प्रहरीले समाचारको स्रोत खोज्ने उद्देश्यले सञ्चार सञ्चारमाध्यमको कार्यालयमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको छ ।

नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएर साइबर ब्युरो लगिएको छ भने नयाँ पत्रिकाको कार्यालयमा पत्रकारलाई नियन्त्रणमा लिन प्रहरी पुगेको थियो । दियोपोस्ट डटकममा पुगेको टोलीचाहिँ पत्रकारलाई फेला नपारेपछि फर्किएको छ । मोटिभेटन्यूज डटकमका सम्पादक शोभराज बराल पनि पक्राउ परेका छन् ।

पक्राउ परेका पत्रकार सुवेदी कार्यरत् रहेको नेपाल प्रेस डटकमले ‘आईजीपी दानबहादुर कार्कीसँग सरकारले राजीनामा मागेको’ विवरणसहितको समाचार ११ कात्तिकमा प्रकाशित गरेको थियो । प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले उनी माथि राजीनामाका लागि दबाब बढाएको भन्दै प्रकाशित समाचारमा उनलाई ‘राजीनामा नदिए पदबाट हटाउनुपर्ने हुनसक्छ’ भनिएको उल्लेख गरिएको थियो । सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धानको दायरामा रहेका इनम सापकोटासँग कार्कीको सम्पर्कलाई जोडेर राजीनामाको दबाब बढाइएको समाचारमा दाबी थियो ।

नयाँ पत्रिका दैनिकले चाहिँ इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायायीश हरि फुयालको सम्पर्क रहेको ह्वाट्सएपको विवरण नै सार्वजनिक गरेको थियो । त्यस विवरणमा न्यायाधीश फुयालसँग ‘भोलि ७ बजेतिर होटल हिमालयमा भेटौं’ भन्दै सन्देश लेखेको भेटिएको थियो । त्यसअघि सापकोटाले ‘प्रधानमन्त्रीले गम्भीरतापूर्वक भनेको’ भन्दै एउटा निवेदन खारेज गरिदिन भनेका थिए । बैंकिङ कसुरका आरोपित रोहित गुप्ताको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइका लागि पेसी चढिसकेका बेला बिहान १०ः२३ बजे न्यायाधीश फुयाँललाई लेखेको ह्वाट्सएप सन्देशमा उनले ‘खारेज नै गरिदिनु होला है त हजुर’ भनेका थिए  । पछि एकैपटक बेलुकी रिप्लाई गर्दै न्यायाधीश फुयालले भेट्ने भन्दै म्यासेज पठाएको पाइएको थियो ।

दियोपोस्ट डटकमलेचाहिँ प्रधानन्यायाधीश मनोज शर्मा र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् विश्वराज पोखरेलको नामसमेत उल्लेखित कागज सार्वजनिक गरेको थियो । लेनदेनको विवरण दाबी गरिएको कागज सापकोटाको मोबाइल फोनबाट बरामद भएको थियो । कागजमा प्रहरी प्रधान कार्यालयमा भएको डिजिटल फरेन्सिक ल्याबको छापसमेत थियो । यो विवरण सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्मा र सांसद् पोखरेल दुवैले चाहिँ सापकोटासँग कुनै किमिसको सम्बन्ध नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

मोटिभेट न्यूजले समेत आईजीपी कार्की र इनम सापकोटासँग सम्बन्धित भिडियो सामग्रीहरु प्रकाशित गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5d ago
कांग्रेस सहमहामन्त्री शिवाकोटीले पत्रकार खड्कासँग मागे माफी

कांग्रेस सहमहामन्त्री शिवाकोटीले पत्रकार खड्कासँग मागे माफी

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पत्रकार रोशन खड्कासँग माफी मागेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोमा आइतबार भएको छलफलका क्रममा शिवाकोटीले खड्कासँग माफी मागेका हुन्। काठ...

#पत्रकार
Compare →
Nagarik News
6d ago
‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।

#पत्रकार
Compare →

Related Stories

Politics & Governance
Build #2611