Trending
Prev Story
Next Story

समाचारकै आधारमा पत्रकार पक्राउ गर्नु पार्टी नीति र संविधान विपरीत : जगदीश खरेल

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने वा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको बताएका छन्। पत्रकारलाई …

समाचारकै आधारमा पत्रकार पक्राउ गर्नु पार्टी नीति र संविधान विपरीत : जगदीश खरेल

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने वा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको बताएका छन्।

पत्रकारलाई समाचारकै विषयमा पक्राउ गर्ने वा सोधपुछका नाममा धरपकड गर्ने कार्य संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको समेत विपरीत हुने उनको भनाइ छ।

खरेलले नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा ग्यारेन्टी गरेको उल्लेख गर्दै रास्वपा त्यसको पक्षमा स्पष्ट रहेको बताए।

उनले अनलाइनखबरसँग भने, ‘पत्रकारलाई कुनै पनि बहानामा समाचारकै आधारमा पक्राउ गर्नु चाहिँ त्यो पार्टीको हाम्रो नीतिमा पनि छैन, सिद्धान्तमा पनि छैन। नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई जुन मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको छ, त्यसको स्पष्ट पक्षमा पार्टी छ।’

समाचार लेखेकै विषयमा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने, प्रभाव पार्ने वा धरपकड गर्ने कार्य पार्टीको आधिकारिक लाइन नभएको उनले स्पष्ट पारे।

‘समाचार लेखेकै आधारमा, समाचारकै विषयमा समाचार कक्षमा गएर धरपकड गर्ने अथवा पक्राउ गर्ने अथवा सोधीखोजी गर्ने भन्ने कुराहरू पार्टीको नीति विपरीत छ। पार्टीको सिद्धान्तविपरीत छ। संविधानविपरीत छ। प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विपरीत छ भन्ने कुरामा पार्टी स्पष्ट छ,’ खरेलले भने।

यद्यपि, पछिल्लो समय सञ्चारकर्मी पक्राउ तथा धरपकडका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विवरणबारे पार्टीले आन्तरिक रूपमा छलफल गरिरहेको उनले जानकारी दिए।

विशेष घटनामा के भएको हो, पत्रकारलाई किन पक्राउ गरियो र धरपकड गर्नुको कारण के थियो भन्ने विषयमा सबै विवरण नबुझी निष्कर्षमा पुग्न नसकिने उनको भनाइ छ।

‘सम्बन्धित केसमा किन लगियो, कसरी धरपकड गरियो, के कारणले गरियो भन्ने कुराहरू सञ्चारमाध्यममा आएकै आधारमा सबै कुरा भन्ने कुरा त भएन,’ उनले भने।

खरेलका अनुसार पार्टीले सम्बन्धित घटनाको वास्तविकता बुझेर छलफलपछि आधिकारिक धारणा सार्वजनिक गर्नेछ। तर, कुनै पनि पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने वा समाचारकै विषयमा धरपकड गर्ने कार्य स्वीकार्य नहुने विषयमा पार्टीको धारणा स्पष्ट रहेको उनले दोहोर्‍याए।

उनले संविधानले दिएको मौलिक अधिकारको रक्षा गर्न पार्टी प्रतिबद्ध रहेको पनि बताए।

आजै नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उता नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न सादा पोशाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमै प्रवेश गरेका छन् । उनीहरूले मैनालीलाई नलगी नजाने भन्दै त्यहीँ बसेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यूनीकरणको मुद्दा

विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यूनीकरणको मुद्दा

डिजिटल रूपान्तरणको लाभ सबै देश तथा समुदायमा समान रूपमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको सञ्चारमन्त्री डा. तिमिल्सिनाले बताए।

#नीति
Compare →
Ekantipur
2d ago
के आधारमा दोषी ठहर भए नरेश भट्ट ?

के आधारमा दोषी ठहर भए नरेश भट्ट ?

शव नभेटिए पनि परिस्थितिजन्य प्रमाणका आधारमा हत्या पुष्टि, अभियोजन पक्षले करिब १०० साक्षी र ५०० प्रमाण प्रस्तुत गरेको थियो।

#आधार
Compare →
Hamro Patro News
4d ago
बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो: विश्वप्रकाश

बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो: विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयो...

#आधार
Compare →
Bizshala
5d ago
कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गरी आधार दरमै व्यवसाय कर्जा सार्न मिल्ने योजना...

#आधार
Compare →

Related Stories

Politics & Governance
Build #2611