Trending
Prev Story
Next Story

दियो पोस्टको कार्यालयमा पनि पुग्यो प्रहरी

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । दियो पोस्ट अनलाइनको कार्यालयमा प्रहरी पुगेको छ। अनामनगरस्थित अनलाइनको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेको एक पत्रकारले जानकारी दिए। त्यहाँ पुगेका प्रहरीले दियो पोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानासँग कुराकानी …

दियो पोस्टको कार्यालयमा पनि पुग्यो प्रहरी

१३ कात्तिक, काठमाडौं । दियो पोस्ट अनलाइनको कार्यालयमा प्रहरी पुगेको छ। अनामनगरस्थित अनलाइनको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेको एक पत्रकारले जानकारी दिए।

त्यहाँ पुगेका प्रहरीले दियो पोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानासँग कुराकानी गर्नुपर्ने र त्यसका लागि लिन आएको बताएको ती पत्रकारले अनलाइनखबरलाई जानकारी दिए।

ती पत्रकारका अनुसार दियो पोस्टको कार्यालयमा ४ जना प्रहरी पुगेका हुन्।

त्यस्तै दियो पोस्टले केहीबेरअघि प्रधान्यायाधीशसम्बन्धी समाचारका विषयमा धम्की आएको समाचार पनि प्रकाशन गरेको छ। प्रहरीले आजै नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिइसकेको छ। त्यस्तै नयाँ पत्रिकाको कार्यालयमा पनि साधा पोसाकका प्रहरी पुगेर पत्रकार नवराज मैनालीसँग कुराकानी गर्नुपर्नेछ भन्दै उनीबारे सोधखोज गरिरहेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
13h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #काठमाडौं #दियो
Compare →
Hamro Patro News
11h ago
सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन् । काठमाडौंमा शु...

#कात्तिक #काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612