Trending
Prev Story
Next Story

कहाँ छन् प्रहरीले नियन्त्रणमा लिएका सिंचाई विभागका महानिर्देशक ?

Ekantipur •
October 30, 2026 • 11:01 AM
1
1 reads 0 reactions

जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले बिहीबार बेलुका नियन्त्रणमा लिएको हो ।

कहाँ छन् प्रहरीले नियन्त्रणमा लिएका सिंचाई विभागका महानिर्देशक ?

जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले बिहीबार बेलुका नियन्त्रणमा लिएको हो ।

काठमाडौं — आयोजना अनुगमनका लागि भन्दै काठमाडौंबाट निस्किएका जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई प्रहरीले बिहीबार बेलुकी सिराहाबाट नियन्त्रणमा लियो । उनीसँगै सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाल पनि प्रहरी नियन्त्रणमा परे । दुवैलाई त्यही राति काठमाडौं पठाइयो । तर काठमाडौं ल्याइएपछि उनीहरूलाई कहाँ राखिएको छ भन्ने खुलेको छैन ।

जिल्ला प्रहरी परिसर, काठमाडौंबाट आएको आग्रहका आधारमा उनीहरूलाई काठमाडौं पठाइएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । तर काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेले भने उनीहरूलाई आफ्नो कार्यालयमा नल्याइएको दाबी गरे । कान्तिपुरसँग उनले भने, ‘धेरैले मलाई सम्पर्क गरेर सोधिरहनुभएको छ तर उहाँहरूलाई यहाँ ल्याएका छैनौं ।’

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पनि उनीहरूलाई आफ्नो कार्यालयले नल्याएको बताए । यसरी काठमाडौंका दुवै प्रहरी कार्यालयले उनीहरूलाई आफूहरूले नियन्त्रणमा नलिएको बताएपछि उनीहरू कहाँ छन् भन्ने प्रश्न उठेको छ ।

कान्तिपुरसँग कुरा गरेका अर्का एक प्रहरी अधिकृतले भने उनीहरूलाई काठमाडौं ल्याएर सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुर्‍याइएको दाबी गरे । ‘केही विषयमा बुझ्नुपर्ने भन्दै उहाँहरूलाई त्यहीँ राखेर सोधपुछ भइरहेको छ,’ ती अधिकारीले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी मिडिया व्यवस्थापन संयोजक दीपा दाहालले भने यस विषयमा आफूहरूलाई आधिकारिक सूचना नभएको बताइन् ।

सिंचाइ विभागका अधिकारीहरूले केही बुझ्नुपर्ने भए बोलाउँदा उपस्थित हुनेमा प्रहरी नै प्रयोग गर्नुको कारण आफूहरूले बुझ्न नसकेको बताएका छन् । ‘कुनै मुद्दा मामिला थियो भने अनुसन्धान गर्ने निकायमा लैजानुपर्ने थियो होला तर त्यसो भएको पनि बुझिएन,’ विभागका एक अधिकारीले भने ।

सुनकोशी मरिन डाइभर्सन आयोजनाको बाँध निर्माणतर्फको ठेक्काको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला उनीहरूलाई नियन्त्रणमा लिइएको हो । आयोजनाको निर्माणमा अनियमितता भएको आरोप प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूले लगाएको दाबी ती अधिकारीहरूको छ ।

गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
12h ago
सूर्ती र मदिरा नियन्त्रणमा सरोकारवालाको छलफल

सूर्ती र मदिरा नियन्त्रणमा सरोकारवालाको छलफल

मुगुमा सूर्तीजन्य पदार्थ र मदिरा नियमन तथा नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय बैठक तथा अनुगमन कार्यक्रम भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा जिल्लास्थित विभिन्न सरकारी निकायको सहभ...

#नियन्त्रण
Compare →

Related Stories

National (Nepal)
Build #2612