Trending
Prev Story
Next Story

हिमाल आरोहण र माउन्टेन गाइडमा सहकार्य गर्न नेपाल-इन्डोनेसियाबीच समझदारी

Ekantipur •
October 30, 2026 • 11:01 AM
1
1 reads 0 reactions

नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघ र इन्डोनेसियन माउन्टेनियरिङ फेडेरेसनबीच समझदारी भएको हो । समझदारीअनुसार दुवै संस्थाले पर्वतीय पथप्रदर्शन तथा पर्वतारोहणसम्बन्धी प्राविधिक ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नेछन् ।

हिमाल आरोहण र माउन्टेन गाइडमा सहकार्य गर्न नेपाल-इन्डोनेसियाबीच समझदारी

नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघ र इन्डोनेसियन माउन्टेनियरिङ फेडेरेसनबीच समझदारी भएको हो । समझदारीअनुसार दुवै संस्थाले पर्वतीय पथप्रदर्शन तथा पर्वतारोहणसम्बन्धी प्राविधिक ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नेछन् ।

काठमाडौँ — माउन्टेन गाइडिङ, पर्वतारोहण तथा आरोहणसम्बन्धी शिक्षालाई प्रवर्धन गर्न नेपाल र इन्डोनेसियाका दुई संस्थाबीच समझदारीपत्र शुक्रबार हस्ताक्षर भएको छ ।

नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघ (एनएनएमजीए) र इन्डोनेसियन माउन्टेनियरिङ फेडेरेसन (एफएमआई) बीच काठमाडौंमा समझदारी भएको हो । समझदारीपत्रमा एफएमआईका अध्यक्ष मेजर जनरल (अवकाशप्राप्त) बुयुङ लालाना र एनएनएमजीएका अध्यक्ष तुलसिंह गुरुङले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार दुवै संस्थाले पर्वतीय पथप्रदर्शन तथा पर्वतारोहणसम्बन्धी प्राविधिक ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नेछन्। त्यस्तै, व्यावसायिक पर्वतीय पथप्रदर्शकको क्षमता अभिवृद्धि, आरोहणसम्बन्धी तालिम तथा शैक्षिक कार्यक्रम विकास र पर्वतारोहणका सुरक्षित अभ्यास प्रवर्द्धनमा सहकार्य गर्नेछन्।

सम्झौताले दुवै देशमा पर्वतीय पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा पर्वतारोहण गतिविधिलाई सुरक्षित र जिम्मेवार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विशेषगरी प्राविधिक तालिम, क्षमता विकास र पर्वतारोहण शिक्षाका प्रभावकारी कार्यक्रम सञ्चालनमा दुई संस्थाले सहकार्य गर्ने जनाएका छन्।

हस्ताक्षर समारोहमा इन्डोनेसियाली प्रतिनिधिमण्डलका तर्फबाट एफएमआईका उपाध्यक्ष ब्रिगेडियर जनरल स्यान्डी मुचजितिन लातेफ, महासचिव एम इकबाल एल मुबारक, उपमहासचिव कर्णेल अरिफ रेहमान हालिमलगायत सहभागी थिए। नेपालका लागि इन्डोनेसियाका मानार्थ उपवाणिज्यदूत उपेन्द्र घिमिरे पनि कार्यक्रममा उपस्थित थिए।

दुवै संस्थाले समझदारीले पर्वतारोहण शिक्षाको विकास, पर्वतीय पथप्रदर्शकको व्यावसायिक क्षमता अभिवृद्धि र सुरक्षित आरोहण अभ्यास प्रवर्द्धनमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल र इन्डोनेसियाबीच पर्वतारोहणसम्बन्धी प्राविधिक सहकार्य विस्तार गर्नुका साथै दुई देशका पर्वतीय पर्यटन क्षेत्रका जनशक्तिबीच ज्ञान र अनुभव आदानप्रदान गर्ने आधारका रूपमा यस समझदारीलाई लिइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
हिन्दुकुश हिमाली क्षेत्रमा जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

हिन्दुकुश हिमाली क्षेत्रमा जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले हिन्दुकुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका साझा चुनौतीको प्रभावकारी सम्बोधन तथा विपद् उत्थानशीलता अभिवृद्धिका लागि क्षेत्रीय सहकार्यका संयन्त्रलाई सुदृढ ब...

#हिमाल #सहकार्य
Compare →

Related Stories

National (Nepal)
Build #2612