Trending
Prev Story
Next Story

चिकित्सकको सल्लाहबिना भिटामिन डी चक्की खाँदै हुनुहुन्छ ? सावधान

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions 4 comments

घामबाट पाइने भिटामिन डी शरीरका लागि आवश्यक पोषक तत्व हो । हड्डी बलियो बनाउन, मांसपेशीको सामान्य काममा सहयोग गर्न र शरीरमा क्याल्सियमको सन्तुलन कायम राख्न यसको महत्त्वपूर्ण भूमिका हुन्छ । तर यसको कमी पूरा गर्ने नाममा …

चिकित्सकको सल्लाहबिना भिटामिन डी चक्की खाँदै हुनुहुन्छ ? सावधान

घामबाट पाइने भिटामिन डी शरीरका लागि आवश्यक पोषक तत्व हो ।

हड्डी बलियो बनाउन, मांसपेशीको सामान्य काममा सहयोग गर्न र शरीरमा क्याल्सियमको सन्तुलन कायम राख्न यसको महत्त्वपूर्ण भूमिका हुन्छ । तर यसको कमी पूरा गर्ने नाममा जथाभावी चक्की खान थाल्नुभयो भने फाइदाको सट्टा हानि हुन सक्छ ।

पछिल्लो समय भिटामिन डीको कमीबारे जनचेतना बढेसँगै यसको सप्लिमेन्ट सेवन गर्नेहरू पनि बढेका छन् । कतिपयले चिकित्सकको सल्लाहबिना नै उच्च मात्राका भिटामिन डीका चक्की लामो समयसम्म सेवन गरिरहेका हुन्छन् । तर शरीरलाई आवश्यकताभन्दा बढी भिटामिन डी सेवन गर्दा विभिन्न स्वास्थ्य समस्या आउन सक्छन्।

त्यसैले भिटामिन डी खानुअघि यसको आवश्यकता, सही मात्रा र बढी सेवन गर्दा देखिन सक्ने असरबारे जान्नु आवश्यक छ।

भिटामिन डी बढी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन डीले शरीरलाई खानाबाट क्याल्सियम र फस्फोरस अवशोषण गर्न मद्दत गर्छ । यी खनिज हड्डी र दाँतको स्वास्थ्यका लागि महत्त्वपूर्ण छन् । तर लामो समयसम्म अत्यधिक मात्रामा भिटामिन डी सप्लिमेन्ट सेवन गर्दा आन्द्राबाट आवश्यकताभन्दा बढी क्याल्सियम अवशोषण हुन सक्छ । यसले रगतमा क्याल्सियमको मात्रा सामान्यभन्दा बढी बनाउँछ । यस्तो अवस्थालाई हाइपरक्याल्सिमिया भनिन्छ ।

हाइपरक्याल्सिमिया हुँदा वाकवाकी लाग्ने, बान्ता हुने, असामान्य रूपमा तिर्खा लाग्ने, मांसपेशी कमजोर हुने र बारम्बार पिसाब लाग्ने जस्ता लक्षण देखिन सक्छन् । गम्भीर अवस्थामा यसले मुटु, स्नायु प्रणाली र मिर्गौलामा समेत असर पुर्‍याउन सक्छ ।

भिटामिन डीको विषाक्तता प्रायः लामो समयसम्म अत्यधिक मात्रामा सप्लिमेन्ट सेवन गर्दा हुन्छ । सामान्य अवस्थामा घाम तापेर वा खानाबाट मात्रै भिटामिन डी प्राप्त गर्दा यस्तो समस्या हुने सम्भावन रहँदैन ।

रगतमा क्याल्सियमको मात्रा बढ्दा मिर्गौलाले पिसाबमार्फत बढी क्याल्सियम बाहिर निकाल्नुपर्ने हुन्छ । यसले पिसाबमा क्याल्सियमको मात्रा बढाएर मिर्गौलामा पत्थरी बन्ने जोखिम बढाउन सक्छ ।

गम्भीर अवस्थामा मिर्गौलाको तन्तुमै क्याल्सियम जम्मा हुन सक्छ, जसलाई नेफ्रोक्याल्सिनोसिस भनिन्छ । यसले मिर्गौलाको कार्यक्षमतामा असर पुर्‍याउन सक्छ । लामो समयसम्म यस्तो अवस्था रहेमा मिर्गौलाको कार्यक्षमता घट्न सक्छ ।

लड्ने र हड्डी भाँचिने जोखिम बढ्न सक्छ

भिटामिन डी बढी सेवन गर्दैमा हड्डी थप बलियो हुन्छ भन्ने हुँदैन । केही अध्ययनले विशेषगरी वृद्धवृद्धालाई एकैपटक अत्यधिक मात्रामा भिटामिन डी दिँदा लड्ने र हड्डी भाँचिने जोखिम बढ्न सक्ने देखाएका छन्।

उदाहरणका लागि, वर्षमा एकपटक ५ लाख आईयू भिटामिन डी दिइएको एउटा अध्ययनमा वृद्ध महिलामा लड्ने र हड्डी भाँचिने जोखिम बढेको पाइएको थियो । त्यसैले, हड्डी बलियो बनाउने उद्देश्यले भन्दैमा आवश्यकताभन्दा बढी वा एकैपटक अत्यधिक मात्रा भिटामिन डी सेवन गर्नु उचित हुँदैन ।

भिटामिन डीका चक्की खाँदा केमा ध्यान दिने ?

भिटामिन डी शरीरका लागि आवश्यक भए पनि यसको मात्रा व्यक्तिको उमेर, स्वास्थ्य अवस्था, खानपान र शरीरमा रहेको भिटामिन डीको स्तरअनुसार फरक हुन सक्छ ।

चिकित्सकको सल्लाहबिना उच्च मात्राका भिटामिन डीका चक्की लामो समयसम्म सेवन गर्नु हुँदैन । भिटामिन डीको कमी छ कि छैन भन्ने शंका भएमा आवश्यकताअनुसार रगत परीक्षण र चिकित्सकीय परामर्श लिन सकिन्छ । शरीरमा भिटामिन डीको स्तर जाँच गर्न सामान्यतया २५–हाइड्रोक्सी भिटामिन डी परीक्षण गरिन्छ ।

विशेषगरी मिर्गौलाको समस्या भएका, मिर्गौलामा पत्थरी हुने गरेका वा रगतमा क्याल्सियमको मात्रा बढी भएका व्यक्तिले भिटामिन डी सप्लिमेन्ट सेवन गर्दा विशेष सावधानी अपनाउनुपर्छ ।

कस्तो अवस्थामा चिकित्सकले भिटामिन डी सिफारिस गर्न सक्छन् ?

शरीरमा भिटामिन डीको कमी देखिएमा, कमीको जोखिम बढी भएमा वा केही हड्डीसम्बन्धी समस्या भएमा चिकित्सकले भिटामिन डीको सप्लिमेन्ट सिफारिस गर्न सक्छन् ।

भिटामिन डीको कमी भएका व्यक्तिलाई चिकित्सकले निश्चित अवधिका लागि उच्च मात्रा पनि सिफारिस गर्न सक्छन् । यस्तो उपचारपछि आवश्यकताअनुसार कम मात्राको नियमित सेवन गर्नुपर्ने हुन सक्छ । त्यसैले, चिकित्सकले तोकेको मात्रा र अवधिभन्दा बढी सेवन गर्नु हुँदैन ।

सामान्यतया १९ देखि ७० वर्ष उमेरका वयस्कलाई दैनिक ६०० आईयू र ७० वर्षभन्दा माथिका व्यक्तिलाई ८०० आईयू भिटामिन डी आवश्यक पर्छ । वयस्कका लागि दैनिक ४,००० आईयूलाई अधिकतम सहन सकिने मात्रा मानिन्छ । यो दैनिक सेवन गर्नुपर्ने लक्ष्य मात्रा भने होइन ।

भिटामिन डीको कमी भएका व्यक्तिलाई चिकित्सकले आवश्यकताअनुसार निश्चित अवधिका लागि योभन्दा बढी मात्रा पनि सिफारिस गर्न सक्छन् । याद राखौँ, शरीरलाई आवश्यक पोषक तत्त्व पर्याप्त मात्रामा लिनु महत्त्वपूर्ण हो । तर बढी खाँदैमा बढी फाइदा हुन्छ भन्ने हुँदैन । भिटामिन डीको सही मात्रा र सेवन अवधि निर्धारण गर्न चिकित्सकीय सल्लाह लिनु नै सुरक्षित उपाय हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
भिटामिन डीको कमीलाई सामान्य ठान्दै हुनुहुन्छ ? शरीरमा देखिन सक्छन् यस्ता गम्भीर असर

भिटामिन डीको कमीलाई सामान्य ठान्दै हुनुहुन्छ ? शरीरमा देखिन सक्छन् यस्ता गम्भीर असर

भिटामिन डीको कमीलाई धेरैले हड्डी कमजोर हुने समस्यासँग मात्र जोडेर हेर्ने गर्छन् । तर यसको कमीले मांसपेशी, स्नायु प्रणाली र रोग प्रतिरोधात्मक क्षमतामा समेत असर पार्न सक्छ । अमेरिकी स्वास्थ्य संस्था ...

#भिटामिन #शरीर #हुनुहुन्छ
Compare →
Setopati
3w ago
भिटामिन डी कसले खाने? बढी खाँदा फाइदा हुन्छ?

भिटामिन डी कसले खाने? बढी खाँदा फाइदा हुन्छ?

जाडोयाममा घाम कम लाग्ने ठाउँमा बस्ने मानिसहरूमा भिटामिन डीको चर्चा बढ्छ। भिटामिन डीलाई हड्डी बलियो बनाउने पोषक तत्त्वका रूपमा चिनिन्छ। कसले भिटामिन डी खानुपर्छ र कसले अनावश्यक सेवनबाट जोगिनुपर्छ?

#भिटामिन
Compare →
Nagarik News
2w ago
कात्तिक १७ र १८ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

कात्तिक १७ र १८ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

सरकारले कात्तिक १७ र १८ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

#भिटामिन
Compare →
Bizshala
2w ago
कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाण्डौ । दसैंका कारण पछि सारिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। सरकारले...

#भिटामिन
Compare →
Ekantipur
3w ago
कात्तिक १७-१८ मा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

कात्तिक १७-१८ मा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने परिवार कल्याण महाशाखाले जनाएको छ ।

#भिटामिन
Compare →

Related Stories

Health & Wellness
Build #2612