Trending
Prev Story
Next Story

ललितपुरका १३ फार्मेसीमा चिकित्सकको प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक बिक्री

Nagarik News •
November 07, 2026 • 03:55 PM
1
1 reads 0 reactions

औषधि व्यवस्था विभागले गरेको आकस्मिक छड्के अनुगमनका क्रममा ललितपुरका १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै मनोमानी रूपमा प्रतिजैविक (एन्टिबायोटिक) औषधि बिक्री वितरण गरिरहेको फेला परेको छ।

ललितपुरका १३ फार्मेसीमा चिकित्सकको प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक बिक्री

औषधि व्यवस्था विभागले गरेको आकस्मिक छड्के अनुगमनका क्रममा ललितपुरका १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै मनोमानी रूपमा प्रतिजैविक (एन्टिबायोटिक) औषधि बिक्री वितरण गरिरहेको फेला परेको छ।

विभागले ललितपुर क्षेत्रका कुल १६ वटा कम्युनिटी फार्मेसीमा अनुगमन गर्दा १३ वटामा यस्तो गम्भीर लापरबाही र दुरुपयोग भेटिएको हो।

ललितपुरका फार्मेसीहरूमा प्रतिजैविक औषधिको चरम दुरुपयोग भइरहेको पाइएको औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले बताए।

‘अनुगमन गरिएका १६ वटा कम्युनिटी फार्मेसीमध्ये १३ वटाले चिकित्सकको प्रेस्क्रिप्सनबिना नै ‘ओभर द काउन्टर’ एन्टिबायोटिक औषधि बिक्री गरिरहेको भेटिएको छ,’ उनले भने।

विभागका अनुसार बिनाप्रेस्क्रिप्सन जथाभावी एन्टिबायोटिक बेच्नेमा महालक्ष्मी-१ स्थित अन्विका फार्मेसी, भर्टेक्स फार्मेसी र इजी फार्मेसी रहेका छन्।

त्यसैगरी ललितपुर महानगरपालिका-१५ स्थित विश्वास फार्मेसीसहित वडा नम्बर २, ३, ४ र ७ मा सञ्चालित केही फार्मेसीहरूले समेत नियमविपरीत यस्ता औषधि बिक्री गरिरहेको पाइएको छ।

मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी बिनाप्रेस्क्रिप्सन एन्टिबायोटिक बिक्री गर्ने ती सबै फार्मेसीलाई औषधि ऐनअनुसार कानुनी कारबाही गरिने महानिर्देशक भट्टराईले बताएका छन्।

प्रकाशित: २१ कार्तिक २०८३ २१:४० शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6d ago
ललितपुरका १३ फार्मेसीमा चिकित्सकको प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक बिक्री

ललितपुरका १३ फार्मेसीमा चिकित्सकको प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक बिक्री

औषधि व्यवस्था विभागले गरेको आकस्मिक छड्के अनुगमनका क्रममा ललितपुरका १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै मनोमानी रूपमा प्रतिजैविक (एन्टिबायोटिक) औषधि बिक्री वितरण गरिरहेको फेला...

#औषधि #वटा #ललितपुर
Compare →

Related Stories

Health & Wellness
Build #2612