Trending
Prev Story
Next Story

अब इतिहासमात्र सम्झेर हुँदैन: प्रकाशमान

Nagarik News •
November 07, 2026 • 03:38 PM
1
1 reads 0 reactions

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब इतिहासको कुरा गरेर मात्र नहुने बताउँदै संगठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

अब इतिहासमात्र सम्झेर हुँदैन: प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब इतिहासको कुरा गरेर मात्र नहुने बताउँदै संगठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित पूर्वसभापति शेरबहादुर देउवा पक्षको जिल्ला कार्यसमितिको १५औं नियमित अधिवेशनलाई सम्बोधन गर्दै सिंहले वर्तमानका मुद्दामा खरो उत्रिनुपर्ने बताए। ‘इतिहासको कुरा मात्र गरेर हुँदैन, वर्तमानका मुद्दामा पनि आफ्नो दृष्टिकोण स्पष्ट राखेर अघि बढ्नुपर्छ,’ उलने भने।

नेता सिंहले संगठनको आधारस्तम्भ नै स्थानीय तहमा काम गर्ने कार्यकर्ता भएको उल्लेख गर्दै उनीहरूलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले पार्टीको संगठनलाई थप चलायमान बनाउन कार्यकर्तालाई फिल्डमा खटिन आग्रह गरे।

‘सङ्गठनमा जिल्लामै बसेर निरन्तर काम गर्ने र आफ्नो क्षेत्रमा खटिने कार्यकर्तालाई प्राथमिकता दिनुपर्छ,’ सिंहले भने, ‘राजधानीमा बसेर जिल्लाको सङ्गठन चलाउने होइन, सबैले आ–आफ्नो ठाउँमा जिम्मेवारी लिएर सङ्गठन निर्माणमा लाग्नुपर्छ।’

उनले कार्यकर्तालाई जनताको माझमा पुगेर काम गर्न निर्देशन दिए। संगठन बलियो बनाउने एकमात्र विकल्प भनेको जनतासँग भिज्नु र उनीहरूका समस्यामा साथ दिनु भएको उनको भनाइ थियो।

‘नेताको नजिक भएर मात्र हुँदैन, जनतामाझ पुगेर उनीहरूका भावना र आवश्यकता बुझ्नुपर्छ,’ उनले भने, ‘जनता धेरै अगाडि बढिसकेका छन्, अब हामी पनि जनतामाझ अझ बढी भिजेर काम गरौँ।’

कांग्रेसको सांगठनिक सुदृढीकरणका लागि स्थानीयस्तरमा खटिने निष्ठावान् कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा स्थान दिइनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: २१ कार्तिक २०८३ २१:२३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
अब इतिहासमात्र सम्झेर हुँदैन: प्रकाशमान

अब इतिहासमात्र सम्झेर हुँदैन: प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब इतिहासको कुरा गरेर मात्र नहुने बताउँदै संगठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। शनिबार काठमाडौंमा आयोजित पूर्वसभापति शेरबहादुर देउवा पक्षक...

#सिंह #प्रकाशमान #इतिहास
Compare →
Onlinekhabar
6d ago
नेताहरूको चाकडी गरेर मात्र संगठन बलियो हुँदैन : प्रकाशमान सिंह

नेताहरूको चाकडी गरेर मात्र संगठन बलियो हुँदैन : प्रकाशमान सिंह

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संगठन विस्तारका लागि नेताको निकटता भन्दा पनि जनतासँगको प्रत्यक्ष सरोकार र सक्रियता मुख्य भएको बताएका छन् । काठमाडौंमा आयोजित नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको १५ औं नियमित अधिवेशनलाई …

#सिंह #प्रकाशमान #हुँदैन
Compare →

Related Stories

Politics & Governance
Build #2611