Trending
Prev Story
Next Story

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, सियोल (रासस/एएनआई) । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ड्रोन र पहिलोपटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ । नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल …

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

१३ कात्तिक, सियोल (रासस/एएनआई) । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ड्रोन र पहिलोपटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ । नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिएका छन्।

सरकारी समाचार संस्था केसीएनएका अनुसार बिहीबार किमको उपस्थितिमा आयोजित सैन्य प्रदर्शनीमा आत्मघाती ड्रोन, क्रुज क्षेप्यास्त्र र बहुउद्देश्यीय मानवरहित विमान प्रस्तुत गरिएका थिए । ती हतियारले टापुका लक्ष्यमा शतप्रतिशत सटीकताका साथ प्रहार गरेको उत्तर कोरियाको दाबी छ ।

प्रदर्शनीका क्रममा ६०० मिलिमिटरका रकेट तथा ड्रोनबाट दक्षिण कोरियाली सैनिक चौकी र अमेरिकी एम१ अब्राम्स ट्याङ्कका नमूना लक्ष्यमा आक्रमण गरिएको तस्बिर सार्वजनिक गरिएको छ ।

किमले आणविक हतियार सम्पन्न राष्ट्रका रूपमा उत्तर कोरियाले परम्परागत हतियारको आधुनिकीकरणसँगै कृत्रिम बौद्धिकता र ड्रोन प्रविधिको विकासलाई तीव्रता दिनुपर्ने बताएका छन्।

यसैबीच, दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी सागरतर्फ प्रहार गरिएका करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पत्ता लगाएको जनाएको छ । ती क्षेप्यास्त्र करिब २५० किलोमिटर टाढासम्म पुगेका थिए । यस वर्ष उत्तर कोरियाले गरेको यो १७औँ क्षेप्यास्त्र परीक्षण हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
कस्ता छन् अर्बौँ डलरको साइबर हमला गर्न सक्ने उत्तर कोरियाली ‘ह्याकर सेना’ ?

कस्ता छन् अर्बौँ डलरको साइबर हमला गर्न सक्ने उत्तर कोरियाली ‘ह्याकर सेना’ ?

उत्तर कोरिया । उत्तर कोरियाले आफ्नो साइबर क्षमता विस्तार गर्न बाल्यकालदेखि नै प्रतिभाशाली विद्यार्थी छनोट गरी ह्याकरको विशेष समूह तयार पारिरहेको दाबी गरिएको छ । यही समूहले गत महिना विश्वकै सबैभन्द...

#उत्तर #कोरिया
Compare →
Nagarik News
17h ago
अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारका ह्याकरहरूको संलग्नता रहेको दाबी गरेका छन्।

#उत्तर
Compare →
Bizshala
17h ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#उत्तर
Compare →
Arthasansar
18h ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#ड्रोन
Compare →

Related Stories

Technology
Build #2612