Trending
Prev Story
Next Story

जी-२० बैठकमा सहभागी हुन रुसी विदेशमन्त्री लाभरोभ एटलान्टामा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, एटलान्टा (रासस/एएनआई)। रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको एटलान्टा पुगेका छन्। अक्टोबर ३० र ३१ मा हुने बैठकमा विश्वव्यापी अर्थतन्त्र, भू–राजनीतिक तनाव र सुरक्षा चुनौतीबारे छलफल हुनेछ । स्पुतनिकका …

जी-२० बैठकमा सहभागी हुन रुसी विदेशमन्त्री लाभरोभ एटलान्टामा

१३ कात्तिक, एटलान्टा (रासस/एएनआई)। रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको एटलान्टा पुगेका छन्। अक्टोबर ३० र ३१ मा हुने बैठकमा विश्वव्यापी अर्थतन्त्र, भू–राजनीतिक तनाव र सुरक्षा चुनौतीबारे छलफल हुनेछ ।

स्पुतनिकका अनुसार लाभरोभले अमेरिकी विदेशमन्त्री मार्को रुबियो, युरोपेली सङ्घ (इयु) की विदेश नीति प्रमुख काजा कालास र चीनलगायत देशका प्रतिनिधिसँग भेटवार्ता गर्नुहुनेछ । बैठकमा आपूर्ति शृङ्खलाको अवरोध, समुद्री आवागमनको स्वतन्त्रता तथा ऊर्जा र खाद्य सुरक्षाका विषयमा छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भारतका विदेशमन्त्री एस जयशङ्करले पनि बैठकमा सहभागी भई क्वाड विदेशमन्त्रीस्तरीय बैठक तथा द्विपक्षीय छलफलमा भाग लिनेछन् । त्यसपछि उहाँले नोभेम्बर १ देखि ४ सम्म एन्टिगुवा र बारबुडामा हुने राष्ट्रमण्डल सरकार प्रमुखहरूको बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

एटलान्टाको बैठकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी जी–२० नेताहरूको शिखर सम्मेलनका लागि आर्थिक एजेन्डा तय गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

जी–२० मा १९ देश तथा युरोपेली सङ्घ (इयु) र अफ्रिकी सङ्घ सदस्य छन् । यसले विश्वको कुल गार्हस्थ उत्पादनको करिब ८५ प्रतिशत, अन्तर्राष्ट्रिय व्यापारको ७५ प्रतिशतभन्दा बढी र विश्व जनसङ्ख्याको दुई तिहाइ प्रतिनिधित्व गर्छ । यसको अध्यक्षता सदस्य राष्ट्रहरूले आलोपालो गर्दै आएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
बिमस्टेक मन्त्रीस्तरीय बैठकमा सहभागी भएर मन्त्री निशा मेहता स्वदेश फिर्ता

बिमस्टेक मन्त्रीस्तरीय बैठकमा सहभागी भएर मन्त्री निशा मेहता स्वदेश फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सहभागी भएर बिहीबार मध्याह्न स्वदेश फर्किएकी छन्। त्रिभुवन अन्...

#सहभागी #बैठकमा
Compare →
Nagarik News
8h ago
पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

सम्मेलनको मूल कार्यक्रम र साइडलाइन छलफलमा नेपालका पाँच मन्त्री सहभागी भएपछि उनीहरूको उपस्थितिसँगै त्यहाँ उठाइएका विषय र सहभागिताको औचित्यबारे पनि चर्चा सुरु भएको छ।

#सहभागी
Compare →
Ekantipur
9h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

दुबईमा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका विषयमा छलफल हुने

#सहभागी
Compare →

Related Stories

World News
Build #2612