Trending
Prev Story
Next Story

लिङदेनप्रति थापाको कटाक्ष - हिन्दू राष्ट्र र राजसंस्थाको कुरा गरेर प्रचण्ड नेतृत्वकाे सरकारमा जानेलाई कसरी पत्याउने ?

Arthasansar •
October 30, 2026 • 10:04 AM
1
1 reads 0 reactions

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले पार्टी नेतृत्वकै कारणले सङ्गठनात्मक रूपमा पार्टी अत्यन्तै कमजोर अवस्थामा पुगेको आरोप लगाएका छन् ।...

लिङदेनप्रति थापाको कटाक्ष - हिन्दू राष्ट्र र राजसंस्थाको कुरा गरेर प्रचण्ड नेतृत्वकाे सरकारमा जानेलाई कसरी पत्याउने ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले पार्टी नेतृत्वकै कारणले सङ्गठनात्मक रूपमा पार्टी अत्यन्तै कमजोर अवस्थामा पुगेको आरोप लगाएका छन् । महोत्तरी जिल्लास्तरीय कार्यकर्ता भेला र अन्तरक्रिया कार्यक्रममा बोल्दै महाधिवेशन आउन एक महिना बाँकी छँदा पनि पार्टीप्रति कुनै उत्साह नभएको बताए।

राजा र हिन्दू राष्ट्रप्रति जनतामा विश्वास बढ्दै गएपछि पार्टीप्रति जनताको भरोसा टुट्दै गएको उनको भनाइ छ । हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेर जनताको भोट मागेर चुनाव जितेपछि गणतन्त्रको मुख्य संवाहक प्रचण्डको नेतृत्वमा बनेको सरकारमा सहभागी भएर गल्ती गरेको भन्दै अध्यक्ष राजेन्द्र लिङदेनप्रति कटाक्ष गरे । कुनै एउटा व्यक्तिको मात्रै नभएर आफूहरू सबैबाट कमजोरी भएको पनि स्वीकारे । हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना नभएसम्म सत्ता केन्द्रित फोहोरी प्रतिस्पर्धामा नलाग्ने विश्वास जनतामा दिलाउन सक्नुपर्ने बताए। अहिलेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने सङ्कल्प राप्रपाले गरे जनताले विश्वास गर्ने बताए।

उनले भने, ‘चुनाव नजिक आइराखेको छ। चुनावमा उम्मेदवार हुने पार्टी कार्यकर्ताहरूमा उत्साह छैन। गएको डेढ–दुई वर्षदेखि हामी कार्यक्रम शून्य अवस्थामा छौँ। पार्टीको केन्द्रले कुनै कार्यक्रम दिएको छैन। वर्गीय सङ्गठनहरू निष्क्रिय अवस्थामा छन्। भातृ सङ्गठनहरू केन्द्रदेखि गाउँ तहसम्म निष्क्रिय अवस्थामा रहेका छन्। यसमा जिल्लामा, गाउँमा बस्नेहरूले कुनै अपराध गर्नुभएको छैन। दोष छैन। गल्ती कहीँ कतैबाट भएको छ भने केन्द्रीय नेतृत्वबाट भएको छ। हामीबाट पटक-पटक गल्ती भएको कारणले गर्दा जनताले पनि हामीलाई भरोसा गर्न छोडेको हो। हामी हिन्दू राष्ट्र र राजसंस्थाको कुरा गर्छौँ, चुनावमा जितेपछि गणतन्त्र ल्याउने मुख्य व्यक्ति प्रचण्डकै नेतृत्वमा सरकारमा जान्छौँ, अनि जनताले कसरी पत्याउँछ हामीलाई ? हामीमा इमानदारिता भएन। हामी सबैको साझा जिम्मेवारी छ। कहीँ न कतै हामीबाट कमजोरी भएको छ, मबाट पनि भएको छ। म पनि आफ्ना गल्तीहरूको आत्मालोचना गर्दछु। र अब एक पटक हामीले इमानदारीका साथ अघि बढ्ने सङ्कल्प गर्नुपर्दछ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
व्यवहारमै नारी शक्तिको सम्मान गरौं : मुख्यमन्त्री थापा

व्यवहारमै नारी शक्तिको सम्मान गरौं : मुख्यमन्त्री थापा

बागमती प्रदेश मुख्यमन्त्री किरण थापाले नारी शक्तिको सम्मान व्यवहारमै उतार्न अनुरोध गर्नुभएको छ। तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वको रूपमा मनाइँदै गर्दा बागमत...

#थापा
Compare →
Nagarik News
5d ago
सभापति थापाले यसरी मनाए कुकुर तिहार (तस्बिरसहित)

सभापति थापाले यसरी मनाए कुकुर तिहार (तस्बिरसहित)

हिन्दु धर्मावलम्बीहरूले तिहारमा कुकुरको पूजा गरी मीठा परिकार खुवाएर कुकुर तिहार मनाउँछन्। कुकुरलाई इमानदार र बफादार साथीका रूपमा सम्मान गर्ने गरिन्छ।

#थापा
Compare →
Onlinekhabar
18h ago
प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने

प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिन रुसमा रहने भएका छन् । प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य …

#प्रचण्ड
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#थापा
Compare →

Related Stories

Politics & Governance
Build #2612