कुल ७४ हजार ५४ पटकको किनबेचमा ८ अर्ब ८९ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा २ करोड २८ लाख ६२ हजार कित्ता सेयर किनबेच भएका छन् ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५.४५ अंकले घटेको छ । शून्य दशमलव २० प्रतिशतको गिरावटपछि समग्र नेप्से परिसूचक २ हजार ६ सय ९० दशमलव १५ विन्दुमा ओर्लिएको छ ।
कारोबारमा आएकामध्ये १०२ कम्पनीको सेयर मूल्य बढ्यो, १६९ कम्पनीको सेयर मूल्य घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।
बेनी हाइड्रोपावर प्रोजेक्टको १४.९९, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको १२.११, लुम्बिनी विकास बैंकको ७, ग्रिन डेभलपमेन्टको ६.६४, सप्तकोशी विकास बैंकको ५.४४ प्रतिशतले सेयर मूल्य बढ्यो ।
मेन्छियाम हाइड्रोपावरको ४.०८, सुपर खुदी हाइड्रोपावरको ३.७८, सोपान फर्मासिटिकल्सको ३.५२, याम्बलिङ हाइड्रोपावरको ३.३८, कलंगा हाइड्रोको ३.१७ प्रतिशतले मूल्य घट्यो ।
कुल ७४ हजार ५४ पटकको किनबेचमा ८ अर्ब ८९ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा २ करोड २८ लाख ६२ हजार कित्ता सेयर किनबेच भएका छन् ।