Trending
Prev Story
Next Story

तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन पहल भइरहेको छ : परराष्ट्र मन्त्रालय

Ekantipur •
October 30, 2026 • 10:01 AM
1
1 reads 0 reactions

गत १० भदौको भोटेकोशी बाढीपछि अवरुद्ध तातोपानी नाका दसैंको अवसरमा ३ दिनका लागि ठूला मालवाहक सवारी साधन सञ्चालन गर्न खुला गरिएको थियो ।

तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन पहल भइरहेको छ : परराष्ट्र मन्त्रालय

गत १० भदौको भोटेकोशी बाढीपछि अवरुद्ध तातोपानी नाका दसैंको अवसरमा ३ दिनका लागि ठूला मालवाहक सवारी साधन सञ्चालन गर्न खुला गरिएको थियो ।

काठमाडौं — १० भदौमा रसुवामा गएको भोटेकोशी बाढीले क्षति पुर्‍याएको रसुवागढी नाकाको पुनःनिर्माण तथा सिन्धुपाल्चोकको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । यसका लागि परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले नेपाल-चीन जोड्ने मुख्य व्यापारिक नाका सञ्चालनमा ल्याउन बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालसहित सम्बन्धित विभाग तथा मन्त्रालयका प्रतिनिधिबीच अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको बताए । उनकाअनुसार बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा पुर्‍याएको क्षतिको मूल्यांकन, पुनःनिर्माणलगायतका विषयमा छलफल भएको छ ।

यसअघि गत १० भदौको बाढीपछि अवरुद्ध तातोपानी नाका दसैंको अवसरमा ३ दिनका लागि ठूला मालवाहक सवारी साधन सञ्चालन गर्न खुला गरिएको थियो ।

उनले भने, ‘गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात अवरुद्ध नेपाल र चीन जोड्ने तातोपानी नाकाबाट ठूला मालवाहक सवारी साधन वडा दसैंको अवसरमा ३ दिनको लागि खुला गरिएको थियो । यो कुरा अवगत नै छ । यसैगरी २६ अगस्ट २०२६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा पुर्‍याएको क्षतिको मूल्यांकन गरी उक्त नाकालाई पुनः सञ्चालनमा ल्याउन पुनः निर्माण लगायतका विषयमा छलफल गर्न र अन्य नाकाहरु खुलाउने विषयमा सम्बन्धित विभाग तथा मन्त्रालयहरुसँग परराष्ट्रमन्त्रीको उपस्थितिमा अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको छ । चीनसँगका नाकाहरू खुलाउने सम्बन्धमा मन्त्रालयमार्फत नियमित समन्वय भइ नै रहेको छ ।’

प्रवक्ता क्षेत्रीले दक्षिण पूर्वी एसियाली देशहरूमा सञ्चालित अनलाइन स्क्यामिङ फसेका नेपाली नागरिकको उद्धारका लागि समेत आवश्यक पहल र समन्वय भइरहेको जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
9h ago
तातोपानी नाका खुलाउन कार्यदल गठन

तातोपानी नाका खुलाउन कार्यदल गठन

सिन्धुपाल्चोक : पटक-पटक बन्द हुँदै आएको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन कार्यदल गठन गरिएको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा बसेको छलफलले तातोपानी...

#नाका #तातोपानी
Compare →
Onlinekhabar
19h ago
तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

२७ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ का निवर्तमान सांसद माधव सापकोटाको …

#नाका #तातोपानी
Compare →
Bizshala
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात करिब ६३ प्रतिशतले घटेको छ...

#नाका
Compare →

Related Stories

Technology
Build #2611