Trending
Prev Story
Next Story

इरानी निर्देशक जाफर पनाहीलाई सर्वस्वसहित पाँच वर्षको जेल सजाय

Ekantipur •
October 30, 2026 • 10:01 AM
1
1 reads 0 reactions

यसअघि पनि इस्लामिक रिपब्लिकका विरुद्धमा भ्रम फैलाएको आरोपमा उनलाई सन् २०१० मा ६ वर्षको जेल सजायका साथै २० वर्षसम्म फिल्म निर्माणमा प्रतिबन्ध लगाएको थियो ।

इरानी निर्देशक जाफर पनाहीलाई सर्वस्वसहित पाँच वर्षको जेल सजाय

यसअघि पनि इस्लामिक रिपब्लिकका विरुद्धमा भ्रम फैलाएको आरोपमा उनलाई सन् २०१० मा ६ वर्षको जेल सजायका साथै २० वर्षसम्म फिल्म निर्माणमा प्रतिबन्ध लगाएको थियो ।

कायरो — इरानका विश्वप्रसिद्ध फिल्म निर्देशक जाफर पनाहीलाई यहाँको अदालतले पुनः पाँच वर्ष एक महिनाको जेल सजाय सुनाएको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि यसै वर्षको सुरुमा स्वदेश फर्किएका पनाहीलाई अदालतले नयाँ कारावासको फैसला सुनाएको हो ।

तेहरानस्थित अदालतले जेल सजायका साथै पनाहीको नाममा रहेको सम्पूर्ण चल–अचल सम्पत्ति जफत गर्नसमेत आदेश दिएको उनका अधिवक्ता मुस्ताफा निलीले सुधारवादी समाचार वेबसाइट ‘इम्तेदाद’लाई बताएका छन् ।

अधिवक्ता निलीले पनाहीलाई कुन आरोपमा दोषी ठहराइएको हो भन्ने प्रस्ट खुलाएका छैनन् । यद्यपि, गत मार्चमा इरान फर्किएका पनाहीलाई यसअघि पनि ‘व्यवस्थाविरुद्ध प्रचारप्रसार गरेको’ अभियोगमा दोषी ठहर गरिएको थियो ।

युरोपमा रहेका पनाहीका साथी तथा इरानी अधिकारकर्मी होसेन रज्जाकका अनुसार फैसलालगत्तै पनाहीसँग कुराकानी भएको र उनलाई हालसम्म हिरासतमा भने लिइएको छैन । ‘अदालतको यो फैसलाविरुद्ध पुनरावेदन गर्ने बाटो अझै खुला छ, तर हाललाई उनका सबै बैंक खाताहरू रोक्का गरिएका छन्,’ रज्जाकले भने ।

पनाहीले विगतमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई दिएका अन्तर्वार्ताहरूमा इरानी नेतृत्वको खुलेर आलोचना गर्दै सरकारविरोधी प्रदर्शनकारीहरूमाथि हुने हिंसाको भर्त्सना गर्दै आएका थिए ।

विश्व फिल्म जगतमा समकालीन इरानी सिनेमाका प्रभावशाली व्यक्तित्व मानिने पनाहीलाई विगत २० वर्षमा त्यहाँको सरकारले पटक–पटक जेल हाल्ने, यात्रामा प्रतिबन्ध लगाउने र नजरबन्दमा राख्ने काम गर्दै आएको छ । त्यसका बाबजुद पनि उनले गोप्य रूपमा फिल्म निर्माणलाई जारी राखेका छन् । सात महिनाको जेलजीवनपछि आमरण अनशन बसेर सन् २०२३ मा रिहा भएका पनाहीले इरानमै लुकिछिपी ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ नामको फिल्म छायांकन गरेका थिए । जसलाई पछि उनले २०२५ को कान्स फिल्म फेष्टिभलमा प्रिमियर गरे ।

समकालीन इरानी सिनेमाका अग्रणी तथा विश्वकै चर्चित फिल्म निर्देशक, पटकथा लेखक र निर्माता पनाही इरानी सिनेमाको ‘न्यू वेभ’ आन्दोलनका प्रमुख संवाहक मानिन्छन् । उनका फिल्महरूमा इरानी समाजका यथार्थपरक समस्या, मानव अधिकार, महिलाका अधिकार र सामाजिक विसंगतिहरूलाई कलात्मक तथा वृत्तचित्र–शैली (डकु–फिक्सन) मा प्रस्तुत गर्ने गरिन्छ ।

६६ वर्षिइ पनाहीले अब्बास किरोस्तामीसँग सहायक रही सर्ट फिल्महरु बनाउँदै करिअर सुरु गरेपछि सन् १९९५ मा ‘द ह्वाइट बलुन’ बाट डेब्यु गरेका थिए । जून फिल्मले सोही वर्षको कान्स फिल्म फेष्टिभलमा क्यामेरा डि’ओर जितेको थियो ।

पनाही विश्व फिल्मका चार त्यस्ता निर्देशकमध्येमा पर्छन्, जसले युरोपका महत्वपूर्ण र प्रमुख तीन फिल्म फेष्टिभल कान्स, बर्लिन र भेनिसमा अवार्ड जितेका छन् । उनको ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ (२०२५) ले कान्समा पाल्म डि’ओर, ‘ट्याक्सी’ (२०१५) ले बर्लिनमा गोल्डेन बियर र ‘द सर्कल’ (२०००) ले भेनिस फिल्म फेष्टिभलमा गोल्डेन लायन अवार्ड जितेको थियो ।

पनाही इरानमा महिलाको अवस्थाबारे चित्रित गरिएको उनको तेस्रो फिल्म ‘द सर्कल’ देखि नै इरानी सरकारको आँखी बन्न थालेका थिए । उक्त फिल्मलाई सरकारले सेन्सर्ड गर्नेदेखि ब्यान्डसम्म गरेर पनाहीलाई दुःख दिएको थियो । त्यसपछि पनि सरकार विरोधी क्रियाकलापमा संलग्न भएको तथा इस्लामिक रिपब्लिकका विरुद्धमा भ्रम फैलाएको आरोपमा उनलाई सन् २०१० मा ६ वर्षको जेल सजायका साथै २० वर्षसम्म फिल्म निर्माणमा प्रतिबन्ध लगाएको थियो ।

सरकारको प्रतिबन्धका बाबजुद पनि पनाहीले लुकिछिपी फिल्म बनाउन भने छोडेनन् । सन् २०११ मा ‘दिस इज नट अ फिल्म’, २०१३ मा ‘क्लोज्ड कर्टन’, २०१५ मा ‘ट्याक्सी’ र २०२२ मा ‘नो बियर्स’ यसैगरी बनाएका थिए । उनलाई यसै वर्ष टाइम म्यागाजिनले ‘टाइम १००’ मा समेत सूचिकृत गरेको छ ।

इरान सरकारको कडा सेन्सरसिप, यात्रा प्रतिबन्ध, घरमै नजरबन्द र पटक–पटकको जेल सजायका बाबजुद उनले गोप्य रूपमा फिल्म निर्माण जारी राखेका छन् ।

सात महिनाको जेल सजायपछि सन् २०२३ मा रिहा हुँदै उनले इरानमै गोप्य रूपमा ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ को छायांकन गरेका थिए । यस फिल्मले अस्करमा उत्कृष्ट पटकथा र इन्टरनेशनल फिचर फिल्म तथा गोल्डेन ग्लोबमा उत्कृष्ट फिल्मसहित फरेन ल्यांग्वेज फिल्म, निर्देशन र पटकथा गरी चार विधामा मनोनयनमा परेको छ । एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा उत्कृष्ट फिल्म र निर्देशनको पुरस्कार जितेको यो फिल्मले विभिन्न फेष्टिभलबाट दुई दर्जन अवार्ड जितिसकेको छ ।

इरानमा फिल्म बनाउन प्रतिबन्धित पनाहीले सीमावर्ती गाउँमा बसेर टाढाबाट फिल्म निर्देशन गर्दाका अप्ठ्यारा र प्रेमकथालाई ‘नो बियर्स’ मा प्रस्तुत गरेका छन् । त्यसैगरी, इरानका विभिन्न पुस्ताका तीन महिलाको कथामा आधारित फिल्म ‘थ्री फेसेज’ ले ग्रामीण इरानको सामाजिक यथार्थ देखाउँछ ।

फिल्म बनाउन प्रतिबन्ध लगाइएका बेला पनाही आफैं तेहरानमा ट्याक्सी चालक बनेर यात्रुहरूसँग गरेका संवाद र गतिविधिलाई ड्यासक्याममार्फत रेकर्ड गरी ‘ट्याक्सी’ फिल्म तयार पारेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
अहिले पनि झण्डै ९५ प्रतिशत फिल्महरू एउटै शैलीमा बनेका छन्

अहिले पनि झण्डै ९५ प्रतिशत फिल्महरू एउटै शैलीमा बनेका छन्

निर्देशक धिरज राजवंशी आफ्नो डेब्यू निर्देशकीय फिल्म ‘हिमालयन गोल्ड’ लिएर दर्शकमाझ यही मंसिर ४ गतेदेखि आउँदैछन् । अमेरिकाको लसएन्जल्समा फिल्म डिरेक्सन र प्रोड्युसिङ विषयमा अध्ययन गरेका उनले नेपाल फर्किएपछि फिल्म ‘खुस्मा’ मा चिफ एडी भएर …

#फिल्म #निर्देशक
Compare →
Hamro Patro News
13h ago
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदीलाई नियुक्त गरेको छ। नेपाल सरकारको ११औं तहका अधिकृत डा. सुवेदीले शुक्रबार मन्त्र...

#निर्देशक
Compare →
Nagarik News
4d ago
लोकप्रियताको आडमा महिलामाथि शोषण, चर्चित कमेडियन ब्रान्डलाई साढे १० वर्ष जेल

लोकप्रियताको आडमा महिलामाथि शोषण, चर्चित कमेडियन ब्रान्डलाई साढे १० वर्ष जेल

अदालतमा पीडित महिलाहरूले आफूहरूमाथि भएको घटनाले लामो समयसम्म मानसिक असर पारेको बताएका थिए।

#जेल
Compare →

Related Stories

Technology
Build #2611