Trending
Prev Story
Next Story

सर्लाहीमा लुकाएर राखिएको १५ लाख मूल्य बराबरको पटका बरामद

Ekantipur •
October 30, 2026 • 09:32 AM
1
1 reads 0 reactions

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतबाट विस्फोटक पदार्थ तथा पटका भित्रिन नदिन सीमामा कडाइ गर्न थालिएको प्रहरीले जनाएको छ ।

सर्लाहीमा लुकाएर राखिएको १५ लाख मूल्य बराबरको पटका बरामद

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतबाट विस्फोटक पदार्थ तथा पटका भित्रिन नदिन सीमामा कडाइ गर्न थालिएको प्रहरीले जनाएको छ ।

नजिकिँदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याइएको लाखौं रुपैयाँको पटका सशस्त्र प्रहरीले बरामद गरेको छ।

नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै मलंगवा नगरपालिका–१, भेडियाहीस्थित देवनारायण यादव र योगेन्द्र यादवको घर तथा गोठबाट लाखौं रुपैयाँको पटका बरामद गरिएको हो। लुकाएर राखिएको अवस्थामा १५ लाख रुपैयाँ बराबरको पटका बरामद गरिएको सशस्त्र प्रहरी बल नं. १० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए।

अवैध सामान लुकाइछिपाइ राखिएको सूचना पाएपछि सीमा सुरक्षा गुल्म मलंगवा, नं. १० गण अगर्वा र बोर्डर आउट पोस्ट (बीओपी) खुटौनाबाट ६२ जनाको संयुक्त टोली खानतलासीका लागि घर तथा गोठमा पुगेको थियो। टोलीले १५ लाख रुपैयाँ बराबरको पटका र दुई लाख ३५ हजार रुपैयाँ बराबरको कपडासमेत बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक खत्रीले बताए।

बरामद गरिएका कपडा आज भन्सार कार्यालय मलंगवामा बुझाउने र पटका नष्ट गर्ने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतबाट विस्फोटक पदार्थ तथा पटका भित्रिन नदिन सीमामा कडाइ गर्न थालिएको प्रहरीले जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार #पर्व #पटका
Compare →
Hamro Patro News
8h ago
ताराखोलामा मनाइयो भुस पोल्ने पर्व

ताराखोलामा मनाइयो भुस पोल्ने पर्व

तिहारको भाइटीकासँगै बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा अर्गली मगर समुदायले आफ्नो मौलिक पर्व मनाएको छ । वर्षभरि मृत्यु भएका आफन्तको सामूहिक पितृकार्य (होलादास) गरेपछि भुस पोलेर खोरिया फाँडेको इत...

#तिहार #पर्व
Compare →
Bizshala
1d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#बरामद
Compare →

Related Stories

National (Nepal)
Build #2611