Trending
Prev Story
Next Story

दिङ्बोचेको गुडलक होटलमा लागेको आगो २ घण्टापछि नियन्त्रणमा

Ekantipur •
October 30, 2026 • 09:32 AM
1
1 reads 0 reactions

सोलुखुम्बुको दिङ्बोचेस्थित होटलको करिब ५० जना बस्ने भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

दिङ्बोचेको गुडलक होटलमा लागेको आगो २ घण्टापछि नियन्त्रणमा

सोलुखुम्बुको दिङ्बोचेस्थित होटलको करिब ५० जना बस्ने भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

काठमाडौँ — सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ स्थित दिङ्बोचेको एक होटलमा लागेको आगो नियन्त्रणमा आएको छ ।

बिहान ११ बजेतिर होटल गुडलकमा आगो सुरु भएको थियो । 'ग्यास पड्किएर किचनबाट आगो लागेको प्रारम्भिक अनुमान गरेका छौं,' सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकीले भने, '२ घण्टामा आगो नियन्त्रणमा लिइसकिएको छ ।'

उनका अनुसार करिब ५० जना बस्ने भवनमा क्षति पुगेको छ । होटलको मुख्य भवन भने सुरक्षित छ ।

अहिले यहाँ हिमपात जारी रहेको र करिब एक फिट जमिसकेको उनले बताए । दिङ्बोचे सगरमाथा आधार शिविर जाने रुटमा पर्छ ।

सोलुखुम्बुको नाम्चे बजारमा रहेका होटलका सञ्चालक कुलबहादुर तामाङले आफू हेलिकोप्टरमा जान लागेको बताए ।आगलागीको खबर पाएपछि उद्धारका लागि हेलिकोप्टर आउने तयारी भइरहेको उनले जानकारी दिए ।

'प्रारम्भिक जानकारीअनुसार ग्यासबाट आगलागी भएको भन्ने छ,' टेलिफोन सम्पर्कमा उनले भने, 'घटना सुनेर म निकै तनावमा छु ।'

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
सानेपाको कागज गोदाममा लागेको आगो सेनाको टोलीले निभायो

सानेपाको कागज गोदाममा लागेको आगो सेनाको टोलीले निभायो

ललितपुर- ललितपुर महानगरपालिका-२, सानेपा हाइटस्थित एक कागज गोदाममा लागेको आगो नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको छ। कात्तिक २४ गते गोदाममा आगलागी भएपछि नेपाली सेनाको राजदल गणबाट खटिएको टोलीले अ...

#आगो #लागे
Compare →
Onlinekhabar
1d ago
अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपालीले गर्ने व्यवसाय के–के होलान ? यो प्रश्नको उत्तरमा प्रायः रेस्टुरेन्ट, ग्यास स्टेसन र ब्यूटी सलुनजस्ता व्यवसायको नाम आउँछ । तर ठूला ब्रान्डेड होटल, होटल, आवासीय बस्ती र र व्यवसायिक भवन निर्माणजस्ता ठूला लगानीका …

#होटल #भवन
Compare →
Nagarik News
6h ago
अब राति २ बजेसम्म होटल खोल्न पाइने

अब राति २ बजेसम्म होटल खोल्न पाइने

जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालिन होटल व्यवसायलाई मापदण्ड भित्र रहेर राति २ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

#होटल
Compare →
Bizshala
12h ago
घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

काठमाण्डौ । सिटी होटल लिमिटेडको वित्तीय अवस्थामा सुधारको संकेत देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

#होटल
Compare →
Arthasansar
12h ago
सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

‘सोल्टी होटल लिमिटेड’ ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा राम्रो नाफा कमाएको...

#होटल
Compare →

Related Stories

World News
Build #2611