Trending
Prev Story
Next Story

नेपाल-भारत समन्वय बैठक : सीमापार अपराध नियन्त्रण र सीमा सुरक्षामा द्विपक्षीय एकता

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । सीमा सुरक्षा, प्रविधिमैत्री व्यवस्थापन र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता गर्दै नेपाल–भारत १०औं समन्वय बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय …

नेपाल-भारत समन्वय बैठक : सीमापार अपराध नियन्त्रण र सीमा सुरक्षामा द्विपक्षीय एकता

१३ कात्तिक, काठमाडौं । सीमा सुरक्षा, प्रविधिमैत्री व्यवस्थापन र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता गर्दै नेपाल–भारत १०औं समन्वय बैठक सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतबीच काठमाडौमा १० औं समन्वय बैठक सम्पन्न भएको हो ।

अघिल्लो ९औं समन्वय बैठकका निर्णयहरूको प्रगति पुनरावलोकन गर्दै रणनीति, अपरेशनल र कार्यक्षेत्र गरी तीनवटै तहमा सहकार्य र शीघ्र सूचना आदानप्रदान मार्फत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रण गर्न दुवै देशका सुरक्षा नेतृत्वबीच संयुक्त प्रतिबद्धता व्यक्त गरिएको छ ।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतहरू, परराष्ट्र र गृह मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । भारतको तर्फबाट सशस्त्र सीमा बलका उच्च अधिकृतहरू, काठमाडौँस्थित भारतीय दूतावासका प्रतिनिधि र विदेश तथा गृह मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

नेपाल–भारत सीमा क्षेत्रको समग्र सुरक्षास्थिती शान्तिपूर्ण कायम गर्ने कार्यमा सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलका युनिटहरूले प्रदर्शन गरेको उच्च व्यावसायिकता र सहकार्यको सराहना गरिएको थियो ।

त्यस्तै सामाजिक सञ्जालको दुरुपयोग तथा भ्रामक सूचनाले आपसी सुरक्षा र सामाजिक सौहार्दतामा खडा गरेको चुनौती सामना गर्न संस्थागत सहकार्य सुदृढ गर्ने सहमति समेत भएको छ ।

बैठकमा दशगजा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अनधिकृत खेतीपाती, अतिक्रमण र अवैध संरचनाहरू हटाउन निरन्तर संयुक्त प्रयास जारी राख्ने निर्णय हुनुका साथै बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) र सर्भे अफिसियल्स कमिटी (एसओसी) को निर्णय अनुसार सीमा स्तम्भहरूको निरन्तर मर्मत, सम्भार तथा पुनर्निर्माण गर्न फिल्ड तहमा समन्वय बढाउन दुवै पक्ष सहमत भएका छन् ।

त्यसैगरी सीमापार आपराधिक सञ्जाल, अवैध तस्करी, मानव बेचबिखन, नक्कली नोट, लागूपदार्थ नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अनधिकृत आवतजावत रोक्न समयमै प्राप्त हुने सोसँग सम्बन्धित सूचनाको आदानप्रदानले प्रभावकारी नतिजा दिएको हुँदा यस्ता कार्यलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरिएको छ ।

खुला सीमाको दुरुपयोग गरी हुने तेस्रो मुलुकका नागरिकहरूको अवैध प्रवेश रोक्न सीमा नाकामा जाँच र कागजात प्रमाणीकरण कडा बनाउने, दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती सञ्चालन गर्ने र शंकास्पद व्यक्तिहरूबारे तत्काल सूचना आदानप्रदान गर्ने सहमति भएको छ ।

सीमा सुरक्षा चुनौतीहरूसँग जुध्न आधुनिक प्रविधि, विशेष तालिम सहायता विस्तार गर्ने र दुवै सुरक्षा निकाय बीच नियमित अध्ययन भ्रमणमार्फत संस्थागत सम्बन्ध प्रगाढ बनाउने निर्णय गरिएको छ ।

परम्परागत सुरक्षा प्रणालीबाट आधुनिक र प्रविधिमैत्री स्मार्ट सीमा व्यवस्थापनतर्फ रूपान्तरण हुन दशगजा क्षेत्रको निगरानीका लागि सीसीटीभी, प्रमुख सीमा नाकाहरूमा लगेज स्क्यानर र वाक–थु्र मेटल डिटेक्टर राख्ने तथा आ–आफ्नो भू–भागमा ड्रोनको प्रयोग बढाउने विषयमा गहन छलफल भएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्की बताउँछन् ।

बाढी, पहिरो र भूकम्प जस्ता प्राकृतिक विपद्को सामना गर्न चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा ज्वइन्ट स्वीफ्ट वाटर रेस्क्यु एक्ससाइज सञ्चालन गर्ने सम्बन्धमा समेत छलफल भएको छ ।

त्यस्तै बैठकमा वैधानिक यात्रुको सहजताका लागि सीमा नाकाहरूमा सहायता कक्ष हेल्प डेक्स विस्तार गर्ने, मैत्रीपूर्ण खेलकुदका साथै विभिन्न अन्तर्राष्ट्रिय दिवस तथा प्रमुख चाडपर्वहरूमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरी द्विपक्षीय विश्वास र सौहार्दता अभिवृद्धि गर्ने समेत सहमति भएको छ ।

साथै सन् २०१२ देखि पालैपालो दुवै देशमा आयोजना हुँदै आएको यस सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच द्विपक्षीय नेपाल–भारत समन्वय बैठक आगामी वर्ष भारतमा आयोजना गरिने छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
10h ago
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।

#सीमा #समन्वय #सुरक्षा
Compare →
Hamro Patro News
1d ago
भारत भ्रमणमा राष्ट्रिय स्वाभिमान र सीमा विवाद उठाउन प्रधानमन्त्रीलाई शेरबहादुर तामाङको आग्रह

भारत भ्रमणमा राष्ट्रिय स्वाभिमान र सीमा विवाद उठाउन प्रधानमन्त्रीलाई शेरबहादुर तामाङको आग्रह

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नगर्न आग्रह गरेका छन्। बिहीबार ...

#भारत #सीमा
Compare →
Ekantipur
8h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#भारत
Compare →
Bizshala
10h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

World News
Build #2612