Trending
Prev Story
Next Story

के कारण हुन्छ पेट ढुस्स, कसरी छुटकारा पाउने ?

Onlinekhabar •
October 30, 2026 • 06:30:37 AM
1
1 reads 0 reactions

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

के कारण हुन्छ पेट ढुस्स, कसरी छुटकारा पाउने ?

अनलाइनखबर २०८३ कात्तिक १३ गते १२:०७

दसैं भर्खरै सकिएको छ । यो समयमा हरेक दिन मिठामसिना परिकार, मासु र चिल्लो खानेकुरा धेरै खाँदा पेट ढुस्स हुने समस्या हुन सक्छ । पेटमा ग्यास जम्नु, अपच र कब्जियत पनि यसका प्रमुख कारण हुन् ।

एकैपटक धेरै खाना खाँदा पेट फैलिन सक्छ र असहजता बढ्न सक्छ । त्यसैले भोक र आफ्नो आवश्यकताअनुसार ठिक्क मात्रामा खाने, खाना राम्ररी चपाउने र हतार नगर्ने बानी बसाल्नुपर्छ ।

धेरै चिल्लो खानेकुराले पाचन प्रक्रिया सुस्त बनाउन सक्छ । यसले पेट भरिएको महसुस हुने र फुल्ने समस्या बढाउन सक्छ । यस्तो समस्या हुने व्यक्तिले चिल्लो र मसलेदार खाना कम गर्नु राम्रो हुन्छ ।

सोडा तथा अन्य ग्यासयुक्त पेय पदार्थले पाचन प्रणालीमा ग्यास बढाउन सक्छन् । पेट फुल्ने समस्या भइरहन्छ भने यस्ता पेय पदार्थ कम गर्ने र पानीलाई प्राथमिकता दिने गर्नुपर्छ ।

नियमित समयमा खाना खाने, पर्याप्त पानी पिउने र सागसब्जी, फलफूल तथा फाइबरयुक्त खानेकुरा खाने गर्नुपर्छ । तर फाइबर एकैपटक धेरै बढाउँदा ग्यास बढ्न सक्ने भएकाले बिस्तारै बढाउनु राम्रो हुन्छ ।

पेट फुल्ने समस्या बारम्बार भइरहन्छ, लामो समयसम्म निको हुँदैन वा दैनिक जीवनमा असर पार्छ भने चिकित्सकसँग परामर्श लिनुपर्छ । पेट अत्यधिक दुख्ने, लगातार बान्ता हुने, दिसा वा ग्यास ननिस्कने, दिसामा रगत देखिने वा अनायास तौल घट्ने भएमा पनि जाँच गराउनुपर्छ ।

Prev Swipe Story Next

Related Stories

World News
Build #2611