Trending
Prev Story
Next Story

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोग जाने तयारीमा कांग्रेस

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि नेपाली कांग्रेस निर्वाचन आयोग जाने तयारीमा जुटेको छ । मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको शपथ ग्रहण भएसँगै विवरण अद्यावधिकका लागि कांग्रेस …

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोग जाने तयारीमा कांग्रेस

१३ कात्तिक, काठमाडौं । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि नेपाली कांग्रेस निर्वाचन आयोग जाने तयारीमा जुटेको छ ।

मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको शपथ ग्रहण भएसँगै विवरण अद्यावधिकका लागि कांग्रेस निर्वाचन आयोग जाने तयारीमा जुटेको हो ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि आयोग जाने तयारी भएको पुष्टि गरे ।

‘अहिले हामी तयारीमै छौं । सबै कागजात र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘तयारी सम्पन्न भएपछि आयोग जान्छौं ।’

तर, उनले नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि आयोग जाने समय भने खुलाएनन् ।

‘तयारी पूरा भएपछि आयोग जाने हो,’ अनलाइनखबरको जिज्ञासामा मुख्य सचिव दुलालले भने, ‘जाने बेला भएपछि म तपाईंलाई जानकारी गराउँछु ।’

उनले विवरण अद्यावधिकका लागि आयोगमा जाने विषयलाई सामान्य प्रक्रियाका रुपमा व्याख्या गरे ।

‘आयोगमा जाने विषयलाई त्यति ठूलो कुरा बनाउनुपर्ने होइन । यो सामान्य प्रक्रिया हो,’ दुलालले भने, ‘विधान र कानुनअनुसार गर्नुपर्ने काम भएकाले हामी त्यसैअनुसार अघि बढ्छौं ।’

तथापि, कार्यवाहक मुख्यसचिव दुलालले सोमबारभित्र आयोग जाने संकेत भने गरे । ‘आज–भोलिमध्ये आयोग जाने तयारी छ,’ उनले भने, ‘सोमबारभित्र हामी आयोग जान्छौं ।’

बिहीबार शपथ ग्रहण समारोहपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकको जिम्मा कार्यवाहक मुख्य सचिव दुलाललाई दिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
15h ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#केन्द्रीय #कांग्रेस
Compare →
Hamro Patro News
7h ago
काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौँ। छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी शुरु भएको छ । राजधानीका थापाथली, कमलपोखरी, गौरीघाटलगायतका स्थानमा छठ पूजाका लागि घाट सजाउने तथा व्यवस्थापन गर्ने काम भइरहेको छ...

#तयारी
Compare →
Ekantipur
14h ago
राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभावित भएको छ।

#तयारी
Compare →
Bizshala
15h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#तयारी
Compare →
Arthasansar
17h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#तयारी
Compare →

Related Stories

Politics & Governance
Build #2611