Trending
Prev Story
Next Story

मटरकोसा र सिमीको भाउ बढ्यो, अकबरे खुर्सानी सस्तियो

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । बजारमा केही कोसे तथा मौसमी तरकारीको भाउ बढेको छ भने खुर्सानी लगायत सस्तो भएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको थोक मूल्यसूची अनुसार ठूलो गोलभेँडा (नेपाली र …

मटरकोसा र सिमीको भाउ बढ्यो, अकबरे खुर्सानी सस्तियो

१३ कात्तिक, काठमाडौं । बजारमा केही कोसे तथा मौसमी तरकारीको भाउ बढेको छ भने खुर्सानी लगायत सस्तो भएका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको थोक मूल्यसूची अनुसार ठूलो गोलभेँडा (नेपाली र भारतीय दुवै), रातो आलु र सुकेको प्याजको मूल्य स्थिर छ ।

आज ठूलो गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँ, रातो आलु (मुडे र लाम्चो) ५७ र भारतीय सुकेको प्याज ८७ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजोको तुलनामा आज विशेषगरी कोसे तरकारीको भाउमा वृद्धि भएको छ । हिजो प्रतिकिलो १ सय १७ रुपैयाँ रहेको मटरकोसा आज बढेर १ सय ३५ पुगेको छ ।

त्यसैगरी हिजो १ सय १० रुपैयाँमा कारोबार भएको घिउसिमी (राजमा) आज १७ बढेर १ सय २७ रुपैयाँ पुगेको छ । हरियो भटमास पनि प्रतिकिलो ९५ बाट बढेर १ सय १० रुपैयाँ पुगेको छ ।

अन्य तरकारीमा भिन्डी प्रतिकिलो ६३ बाट ७५, घिरौँला २५ बाटर ३५  र सुकेको चाइनिज लसुन २ सय ३० बाट आज २ सय ४० रुपैयाँ पुगेको छ ।

आज खुर्सानी र करेलाजस्ता केही तरकारीले भने उपभोक्तालाई राहत दिएका छन् । आज सबैभन्दा धेरै गिरावट अकबरे खुर्सानीमा आएको छ । हिजो प्रतिकिलो १ सय ७५ रहेको अकबरे खुर्सानी आज एकैदिन ५० रुपैयाँ घटेर १ सय २५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै बुलेट खुर्सानी हिजोको १ सय १० बाट घटेर ९६ रुपैयाँ कायम भएको छ । लोकल र हाइब्रिड घिउसिमी हिजोको ३५ बाट घटेर २५, तितेकरेला ८५ बाट ७५ र टाटेसिमी ६५ बाट घटेर  ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। सोमबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने तोलामा सात सय रूपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका ...

#भाउ #बढे
Compare →
Ekantipur
15h ago
२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

सुनको भाउ तोलामा रु २७१,७०० र चाँदीको भाउ रु ३,७०० — आजको भाउ सार्वजनिक।

#भाउ
Compare →
Nagarik News
17h ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#भाउ #सस्तियो
Compare →

Related Stories

National (Nepal)
Build #2611