Trending
Prev Story
Next Story

मुक्तिनाथ क्यापिटलद्वारा लिन्फोड कलेजमा वित्तीय साक्षरता कार्यक्रम, १०० विद्यार्थी सहभागी

Arthasansar •
October 13, 2026 • 06:20:51 PM
1
1 reads 0 reactions

मुक्तिनाथ क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा ताल्छेंनस्थित लिन्फोड कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। असोज २३...

मुक्तिनाथ क्यापिटलद्वारा लिन्फोड कलेजमा वित्तीय साक्षरता कार्यक्रम, १०० विद्यार्थी सहभागी

मुक्तिनाथ क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा ताल्छेंनस्थित लिन्फोड कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। असोज २३ गते आयोजित कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब १०० जना विद्यार्थी सहभागी भएका थिए।

विद्यार्थीलाई धितोपत्र तथा पुँजी बजारबारे आधारभूत ज्ञान प्रदान गर्ने र लगानीसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा सेयर बजारमा प्रवेश गर्नुअघि जान्नुपर्ने विषयदेखि लगानी गर्दा अपनाउनुपर्ने सावधानीसम्मका विषयमा जानकारी दिइएको थियो।

कार्यक्रममा डिम्याट सेवा प्रदायक तथा धितोपत्र व्यवसायसँग सम्बन्धित गतिविधि, सेयर लगानीका आधारभूत पक्ष, लगानीमा हुन सक्ने जोखिमको व्यवस्थापन र सुरक्षित लगानीका अभ्यासबारे छलफल गरिएको थियो। यस्ता कार्यक्रमले विद्यार्थीलाई वित्तीय निर्णय लिन आवश्यक ज्ञान प्रदान गर्नुका साथै पुँजी बजारमा जिम्मेवार सहभागिताका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

अन्ताल्या (टर्किए)- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तरराष्ट्रिय वित्ती...

#वित्तीय
Compare →
Ekantipur
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।

#वित्तीय
Compare →
Nagarik News
2d ago
जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन, विशेष वित्तीय प्याकेज चाहियो: अर्थमन्त्री

जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन, विशेष वित्तीय प्याकेज चाहियो: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालजस्ता जोखिममा रहेका मुलुकलाई विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन्।

#वित्तीय
Compare →
Onlinekhabar
5d ago
रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

२२ कात्तिक, काठमाडौं । १० भदौमा आएको रसुवा बाढीका कारण प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब २१ करोड लाग्ने देखिएको छ । राष्ट्रिय योजना आयोगको रसुवा–भाटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता …

#वित्तीय
Compare →
Bizshala
5d ago
कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

कर्जा सार्ने उद्यमीलाई मुक्तिनाथको अफर, आधार दरमा थप प्रिमियम शून्य

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गरी आधार दरमै व्यवसाय कर्जा सार्न मिल्ने योजना...

#मुक्तिनाथ
Compare →

Related Stories

Business & Economy
Build #2611