Trending
Prev Story
Next Story

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो ८ राउन्ड गोली, २ भारतीय घाइते

Ekantipur •
October 30, 2026 • 04:31 AM
1
1 reads 0 reactions

शनिश्चरेमा प्रहरीमाथि गोली प्रहारको प्रयास भएपछि आत्मरक्षामा गोली चलाइएको र करिब ५०० ग्राम हेरोइन तथा पेस्तोल बरामद भएको छ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो ८ राउन्ड गोली, २ भारतीय घाइते

शनिश्चरेमा प्रहरीमाथि गोली प्रहारको प्रयास भएपछि आत्मरक्षामा गोली चलाइएको र करिब ५०० ग्राम हेरोइन तथा पेस्तोल बरामद भएको छ।

मोरङ — मोरङको रतुवामाईमा लागुऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोली र कारोबारीबीच बिहीबार राति जम्काभेट हुँदा गोली चलेको छ । प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन् भने एक नेपालीसहित तीन जना पक्राउ परेका छन् ।

रतुवामाई नगरपालिका–६ शनिश्चरेमा राति करिब ९ : ३० बजे भएको घटनामा प्रहरीले आठ राउन्ड गोली चलाएको हो । पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल र गोली बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार लागुऔषध कारोबार भइरहेको सूचनापछि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौंका इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले शनिश्चरेमा निगरानी तथा चेकजाँच गरिरहेको थियो । सोही क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित दुईवटा मोटरसाइकलमा आएका तीन जनालाई प्रहरीले रोक्न खोजेको थियो ।

प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोजेका थिए । नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै गोली प्रहारको प्रयास भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको डीएसपी मिश्रले बताए । उनका अनुसार प्रहरीले चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गोली चलाएको हो ।

गोली लागेर भारतको अररिया कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन् । दुवैको घुँडामुनि गोली लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई सुरुमा झुर्कियास्थित नगर अस्पतालमा प्राथमिक उपचार गराएर थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको छ ।

पक्राउ पर्नेमा घाइते दुवै भारतीयसँगै रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर छन् । उनीहरू सवार दुवै मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार बरामद पेस्तोल होममेड हो । त्यसमा प्रयोग हुने एक राउन्ड गोलीसमेत फेला परेको छ । बरामद खैरो हेरोइनको परिमाण करिब ५०० ग्राम रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न नामुद कारोबारी रहेको प्रहरीको दाबी छ । उनीहरूले लागुऔषध कहाँबाट ल्याउने गरेका थिए, कसलाई बिक्री गर्थे र यसमा अरू कोको संलग्न छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले गरिरहेको छ । घटनास्थल सिजुवा प्रहरी कार्यालयबाट करिब ६ किलोमिटर पश्चिम–दक्षिणमा पर्छ ।

सुशीला पाठक कान्तिपुर टेलिभिजनमा कार्यरत छिन्

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
19h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #घाइते
Compare →
Hamro Patro News
1d ago
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते

माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते

काठमाडौं - मकवानपुर भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक माईक्रोवस करिब ५०० मिटर तल भिरमा खस्दा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका...

#करिब #घाइते
Compare →
Onlinekhabar
2d ago
भारतको कश्मीरमा चरमपन्थी हमलामा तीन सुरक्षाकर्मी घाइते

भारतको कश्मीरमा चरमपन्थी हमलामा तीन सुरक्षाकर्मी घाइते

भारतको दक्षिण कश्मीरस्थित कुलगाम जिल्लामा बुधबार संदिग्ध चरमपन्थीले गोली चलाउँदा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का कम्तीमा तीन जवान घाइते भएका छन् । सीआरपीएफका एक अधिकारीका अनुसार दिउँसो कुलगामको मीर बजार क्षेत्रस्थित नौपोरा अखराननजिक मोटरसाइकलमा आएका …

#गोली #घाइते
Compare →
Nagarik News
22h ago
ह्वाइट हाउस नजिकै गोली चल्यो : दुईको मृ*त्यु, चार घाइते

ह्वाइट हाउस नजिकै गोली चल्यो : दुईको मृ*त्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बिहीबार बिहान गोलीबारीको घटना भएको छ।

#गोली #घाइते
Compare →

Related Stories

World News
Build #2612