Trending
Prev Story
Next Story

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

Nagarik News •
October 30, 2026 • 12:35 AM
1
1 reads 0 reactions

यस वर्षको मनसुनजन्य विपदबाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ।

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

यस वर्षको मनसुनजन्य विपदबाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ।

पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडामा पर्ने नेपाने, गिवाङ, झारवाङ, किन्दु, धस्केखोरे, सोभित्ता, भुवानथान, बिरौटा, शिख, हल्लेखर्कको पहिरोको अध्ययन गरिएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खटाएका परामर्शदाता ‘पिपुल इन निड’ का भूगर्भविद् लेखप्रसाद भट्टले स्थलगत निरीक्षण, प्रभावितसँग छलफल, नमूना सङ्कलनका साथै ड्रोनको सहायताले पहिरोको अध्ययन गरिएको बताए।

“अन्नपूर्ण गाउँपालिकाको माग र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय तथा सिफारिसका आधारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाउद्धार गाउँको पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गर्न पठाएको हो”, उनले भने, “पाउद्धारमा बस्ती बसाउन उपयुक्त हुने–नहुने भन्ने विषयमा सुझाव दिन केन्द्रित भएर अध्ययन गरेका हाैं।”

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन, ५ नं वडाका अध्यक्ष राजेश तिलिजा पुन, गाउँपालिकाका प्राविधिक शाखा प्रमुख र भूगर्भविद्को टोलीले १०० मिटरभन्दा बढी लम्बाइमा खसेका करिब ३० पहिरोको अध्ययन गरेका छन्।

पाउद्धार गाउँमाथिको पहिरो, बढी चिरा परेको स्थान तथा रुख ढल्केकाले थप जोखिम देखिएको भूगर्भविद् भट्टले बताए। उनका अनुसार प्रारम्भिक रूपमा उक्त पहिरोबाट १५ घर उच्च जोखिममा छन्।

गाउँमाथिको र अन्य पहिरोले बस्तीलाई बनाउन सक्ने जोखिमको विषयमा सुझावसहितको विस्तृत प्रतिवेदन गाउँपालिकालाई बुझाउने भट्टले बताए।

अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा गत असोज ११ गते पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको थियो। यस्तै २८ घरमा पूर्ण क्षति भएको वडाध्यक्ष राजेश तिलिजाले बताए।

दुई सयभन्दा बढी घर रहेको पाउद्धार गाउँ चारैतिरबाट पहिरोले घेरिएको छ। अन्य बस्तीमा पनि पहिरोको जोखिम उत्तिकै छन्।

पाउद्धार जोड्ने सडक अझै अवरुद्ध छ। स्थानीयवासीले श्रमदान गरेर पैदलमार्ग खुलाएका छन्। अस्थायी रूपमा विद्युत् आपूर्ति भएको छ। खानेपानी मर्मतका लागि श्रमदान अभियान सञ्चालन भएको छ।

असोज ११ गते हेलिकप्टरबाट उद्धार गरेर अन्नपूर्ण गाउँपालिका–६ घारस्थित आश्रयस्थलमा लगिएका ११५ जना पाउद्धारवासी पछिल्लो समय आफन्त, छिमेकीको खाली घर र सुरक्षित ठाउँमा टहरा बनाएर बस्न थालेका छन्। शिखको आश्रयस्थलमा रहेका ३५ घरपरिवारमध्ये अधिकांश आफन्तको घरमा सरेका छन्।

भूगर्भविद्ले दिने सुझाव र अध्ययन प्रतिवेदनको आधारमा पुनर्निर्माणको काम अघि बढाउने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए। गाउँपालिकाका अन्य स्थानका पहिरोको पनि भौगर्भिक अध्ययनका लागि पहल भइरहेको उपाध्यक्ष पुनले बताए।

प्रकाशित: १३ कार्तिक २०८३ ०६:२० शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
अन्नपूर्णको घट्टेखोलामा सुक्खा पहिरो, पोखरा-बागलुङ राजमार्ग अवरुद्ध

अन्नपूर्णको घट्टेखोलामा सुक्खा पहिरो, पोखरा-बागलुङ राजमार्ग अवरुद्ध

कास्कीको अन्नपूर्ण गाउँपालिका-१ स्थित घट्टेखोलामा आज दिउँसो सुक्खा पहिरो खस्दा पोखरा-बागलुङ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दिउँसो करिब ३ बजे खसेको पहिर...

#पहिरो #अन्नपूर्ण
Compare →
Ekantipur
1d ago
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बुधबार बेलुकी खसेको चट्टानसहितको पहिरो डोजरले हटाएपछि सडक खुलेको हो।

#पहिरो #गाउँपालिका
Compare →
Bizshala
14h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#पहिरो
Compare →
Onlinekhabar
21h ago
सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

२७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन् । जिल्लाको काइके गाउँपालिका-७ लावनमा सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा सोही वडाका ३४ …

#पहिरो
Compare →
Arthasansar
3d ago
घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति ११ बजेतिर...

#पहिरो
Compare →

Related Stories

Technology
Build #2612