Trending
Prev Story
Next Story

पाल्पा च्याम्पियन्स ट्रफीको फाइनलमा करुवा र पाल्पाली क्रिकेट प्लेयर्स भिड्ने

Ekantipur •
October 30, 2026 • 01:01 AM
1
1 reads 0 reactions

पाल्पामा सञ्चालन भइरहेको ‘पाल्पा च्याम्पियन्स ट्रफी’ जिल्लास्तरीय क्रिकेट लिग प्रतियोगिताको फाइनलमा करुवा क्रिकेट क्लब र पाल्पाली क्रिकेट प्लेयर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

पाल्पा च्याम्पियन्स ट्रफीको फाइनलमा करुवा र पाल्पाली क्रिकेट प्लेयर्स भिड्ने

पाल्पामा सञ्चालन भइरहेको ‘पाल्पा च्याम्पियन्स ट्रफी’ जिल्लास्तरीय क्रिकेट लिग प्रतियोगिताको फाइनलमा करुवा क्रिकेट क्लब र पाल्पाली क्रिकेट प्लेयर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

पाल्पा — पाल्पामा सञ्चालन भइरहेको ‘पाल्पा च्याम्पियन्स ट्रफी’ जिल्लास्तरीय क्रिकेट लिग प्रतियोगिताको फाइनलमा करुवा क्रिकेट क्लब र पाल्पाली क्रिकेट प्लेयर्सबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएका दुई खेलसँगै प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोलीको टुंगो लागेको हो ।

जिल्ला क्रिकेट संघ, पाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाका ६ वटा टोली सहभागी भएका थिए । लिग चरणमा सहभागी टोलीले खेलेका खेलका आधारमा अंक प्राप्त गरेका थिए । त्यही अंकका आधारमा करुवा क्रिकेट क्लब र पाल्पाली क्रिकेट प्लेयर्सले फाइनलमा स्थान पक्का गरेका हुन् ।

लिग चरणका खेलबाट करुवा क्रिकेट क्लबले ३.६२ अंक प्राप्त गरेको छ । त्यस्तै, पाल्पाली क्रिकेट प्लेयर्सले १.९८ अंक बटुलेको छ । अंकका आधारमा अगाडि रहेका यी दुई टोली उपाधिका लागि आमनेसामने हुने भएका हुन् । दुवै टोलीले प्रतियोगिताभर राम्रो प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका छन् ।

दमकडा खेलमैदानमा शुक्रबार हुने फाइनल खेलमा दुवै टोलीको लक्ष्य उपाधि जित्ने हुनेछ । जिल्लाका विभिन्न टोलीबीच प्रतिस्पर्धा गराउँदै क्रिकेट खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा हुने भएकाले खेल रोमाञ्चक हुने अपेक्षा गरिएको जिल्ला क्रिकेट संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताए ।

प्रतियोगिताको विजेता टोलीले पाल्पा च्याम्पियन्स ट्रफीसहित ७५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने टोलीले ४० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । जिल्लास्तरमा क्रिकेट खेलिरहेका खेलाडीलाई प्रोत्साहन गर्न र उनीहरूको प्रतिभा उजागर गर्न पुरस्कारको व्यवस्था गरिएको आयोजक दमकडा क्रिकेट क्लबले जनाएको छ ।

प्रतियोगितामा टिमको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । प्रतियोगिताभर उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी अर्थात् प्लेयर अफ द सिरिजलाई ७ हजार रुपैयाँ र उदाउँदो खेलाडीलाई ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने दमकडा क्रिकेट क्लबका अध्यक्ष छवि भट्टराईले जानकारी दिए ।

जिल्ला क्रिकेट संघ, पाल्पाका अध्यक्ष पूर्णराज शाक्यले प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने बताए । प्रतियोगिताले पाल्पाका क्रिकेट खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै जिल्लामा क्रिकेटप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । जिल्लाका ६ टोली सहभागी प्रतियोगितामा दमकडा क्रिकेट क्लब, असेर्दी क्रिकेट क्लब, हुँगीका साथै फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लब र न्यू मणिमुकुन्द क्रिकेट क्लबको समेत सहभागिता रहेको थियो ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
चीनमा अपराजित रहँदै नेपालले जित्यो यू–१९ महिला क्रिकेटको उपाधि

चीनमा अपराजित रहँदै नेपालले जित्यो यू–१९ महिला क्रिकेटको उपाधि

काठ्माण्डौँ : नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ । हङकङसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । चार ट...

#क्रिकेट
Compare →
Nagarik News
6d ago
क्रिकेटसँगै विश्व बजारमा चम्किँदै पर्यटन

क्रिकेटसँगै विश्व बजारमा चम्किँदै पर्यटन

नेपाल प्रिमियर लिग (एनपिएल) को रौनक केवल क्रिकेट मैदानमा मात्र सीमित छैन, यसले विश्व क्रिकेटका हस्तीहरूमार्फत नेपालको पर्यटनलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा ब्राण्डिङ गरिरहेको छ।

#क्रिकेट
Compare →
Onlinekhabar
6d ago
मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास

मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास

२१ कात्तिक, काठमाडौं । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् । शमीले सामाजिक सञ्जाल …

#क्रिकेट
Compare →
Arthasansar
1w ago
यू–१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दै

यू–१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दै

यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरातमा हुने नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612