Trending
Prev Story
Next Story

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, स्याङ्जा । जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा उपलब्ध भएकाले यहाँका उपभोक्ताको रोजाइमा परेको हो । …

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

१३ कात्तिक, स्याङ्जा । जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा उपलब्ध भएकाले यहाँका उपभोक्ताको रोजाइमा परेको हो ।

बजारमा पाइने विदेशी स्याउभन्दा सस्तो, स्वच्छ, स्वादिलो र स्वदेशी उत्पादन भएकाले पनि उपभोक्ता खुसी भएका छन् । गाडीमार्फत टोलटोलमा स्याउ पुर्याउँदा उपभोक्ताले निकै उत्साहकासाथ खरिद गर्ने गरेको व्यावसायी गौरीलाल सञ्ज्यालले बताए ।

सञ्ज्यालसहितको टोलीले जुम्लामा उत्पादन भएको स्याउ ट्रकमार्फत जुम्लाबाट पोखरा ल्याउने र त्यहाँबाट पोखरा आसपासका स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, पाल्पालगायतका जिल्लामा जिपमार्फत टोलटोलमा लगेर बिक्री गर्दै आएका छन् ।

‘जुम्लामा उत्पादन भएको स्याउ बजारसम्म पुर्याउन नसक्दा त्यसै कुहिएर जाने समस्या थियो,’ उनले भने, ‘स्वदेशी उत्पादनको बजारीकरणसाथै यसको प्रचारप्रसार गर्दै बजार विस्तार गर्ने क्रममा उपभोक्ताको घरदैलोमा पुर्याउन थालेका हौँ ।’

उपभोक्ताले आफ्नै घरदैलोमा प्रतिकेजी १५० रुपैयाँका दरले स्याउ रोजेर खरिद गर्न पाउँदा दैनिक सयौँ पेटी स्याउ बिक्री हुने गरेको उहाँले बताउनुभयो । एकपटक किन्नुभएका उपभोक्ताले सम्पर्क गरेरै पनि माग गर्ने भएकाले बजार विस्तार हुँदै गएको उनले बताए ।

‘एकपटक जुम्लाको स्याउ किनेर खाएपछि पुनः दोस्रो, तेस्रोपटक पनि खोज्नु पक्कै पनि राम्रो भएरै हो,’ उनले भने, ‘बजारमा पाइने स्याउभन्दा सस्तो, विषादीरहित, रङरोगनको प्रयोग नगरिएको अग्र्यानिक भएकाले पनि यो स्याउ उपभोक्ताको रोजाइमा पर्न सफल भएको छ ।’

घरदैलोमा स्याउ पाउँदा एकातर्फ उपभोक्ताले सस्तो मूल्यमा स्याउ पाएका छन् भने अर्कातर्फ व्यावसायी तथा किसानले प्रत्यक्ष रूपमा नगद प्राप्त गरेका छन् । स्याउका कार्टुनले भरिएका गाडीमार्फत समयसमयमा टोलटोलमा पुगेर घुम्ती व्यापार हुने गरेको छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2w ago
जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

स्याङ्जा । जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा उपलब्ध भएकाले यहाँका उपभोक्ताको रोजाइमा परेको हो । बजारमा पाइ...

#स्याङ्जा #जुम्ला #स्याउ
Compare →
Nagarik News
1w ago
स्याउ उत्पादनको केन्द्र जुम्लामा विकास बोर्डको मुख्यालय राख्न माग

स्याउ उत्पादनको केन्द्र जुम्लामा विकास बोर्डको मुख्यालय राख्न माग

जुम्लाको स्याउ खेती कुनै सीमित कृषि व्यवसाय होइन, जिल्लाको अर्थतन्त्र धान्ने प्रमुख आधार हो।

#जुम्ला #स्याउ
Compare →
Bizshala
2w ago
मुस्ताङमा एक अर्ब १४ करोडको स्याउ उत्पादन

मुस्ताङमा एक अर्ब १४ करोडको स्याउ उत्पादन

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा यस वर्ष सात हजार ३८ मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ। कृषि तथा पशु विकास...

#स्याउ
Compare →
Ekantipur
2w ago
जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना

जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना

सम्मेलनमा देशका विभिन्न जिल्लाबाट साहित्यकार, स्रष्टा, कलाकार, अनुसन्धानकर्ता तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

#जुम्ला
Compare →

Related Stories

Business & Economy
Build #2612