Trending
Prev Story
Next Story

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् । स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा आएको हो । गोसाइँकुण्ड गाउँपालिका–३ …

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

१३ कात्तिक, रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् ।

स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा आएको हो ।

गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार बाढीले सडक अवरुद्ध पारेपछि वडा कार्यालय र स्थानीयवासीको संयुक्त अगुवाइ तथा व्यवस्थापनमा लगातार तीन दिन लगाएर सो पुल निर्माण गरिएको हो ।

काठे पुल सञ्चालनमा आएसँगै गोसाइँकुण्ड गाउँपालिका–३ को खाम्जिङ, वडा नं २ को टिमुरे र वडा नं ४ को लाड्टाङ आवतजावत गर्ने स्थानीयवासीलाई सहज भएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

वडा कार्यालय र स्थानीय युवाको पहलमा पुल निर्माण गरिएको हो । पुलका लागि आवश्यक काठ स्थानीयस्तरमा नै संकलन गरिएको थियो ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
रेडक्रसको अगुवाइमा पुनः सञ्चालनमा ल्याइयो स्याफ्रुबेँसीको पुल

रेडक्रसको अगुवाइमा पुनः सञ्चालनमा ल्याइयो स्याफ्रुबेँसीको पुल

रसुवा । भदौ १० को भ‍ीषण बाढीका कारण क्षतिग्रस्त रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुन:र्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालि...

#रसुवा #स्याफ्रुबेँसी #सञ्चालनमा
Compare →
Nagarik News
22h ago
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

रसुवाको गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड अन्य कुण्डभन्दा फरक धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो।

#रसुवा #गोसाइँकुण्ड
Compare →
Ekantipur
1d ago
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बुधबार बेलुकी खसेको चट्टानसहितको पहिरो डोजरले हटाएपछि सडक खुलेको हो।

#गाउँपालिका #सञ्चालनमा
Compare →

Related Stories

Politics & Governance
Build #2612