Trending
Prev Story
Next Story

जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना

Ekantipur •
October 27, 2026 • 01:30 AM
1
1 reads 0 reactions

सम्मेलनमा देशका विभिन्न जिल्लाबाट साहित्यकार, स्रष्टा, कलाकार, अनुसन्धानकर्ता तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना

सम्मेलनमा देशका विभिन्न जिल्लाबाट साहित्यकार, स्रष्टा, कलाकार, अनुसन्धानकर्ता तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

जुम्ला — जुम्लामा पहिलोपटक ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना गरिएको छ ।

आयोजक कुटीरो रिसर्च सेन्टरका अनुसार कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबार जुम्ला एयरपोर्टस्थित होटल कान्जिरुवामा आयोजित एकदिने सम्मेलन गरिएको हो ।

सम्मेलनको पहिलो संस्करणको उद्घाटन कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईंले गरेका छन्। सम्मेलनमा देशका विभिन्न जिल्लाबाट साहित्यकार, स्रष्टा, कलाकार, अनुसन्धानकर्ता तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

सम्मेलनमार्फत सीमान्त समुदायका सिर्जना, भाषा, साहित्य, संस्कृति तथा पहिचानलाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

सम्मेलनमा साहित्यिक बहस, कविता वाचन, पुस्तक विमोचन, सांस्कृतिक प्रस्तुति, अनुभव आदान–प्रदान तथा सिर्जनात्मक अन्तरक्रियालगायत विविध कार्यक्रम सञ्चालन भइरहेका छन् ।

कुटीरो रिसर्च सेन्टर, जुम्लाले साहित्य, कला र संस्कृतिप्रति चासो राख्ने सम्पूर्ण सरोकारवाला तथा साहित्यप्रेमीलाई होटल कान्जिरुवा, जुम्लामा सञ्चालन भइरहेको सम्मेलनमा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन आग्रह गरेको छ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्। सम्मेलनका क्रममा गृहमन्त्री ...

#सम्मेलन
Compare →
Nagarik News
7h ago
पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

सम्मेलनको मूल कार्यक्रम र साइडलाइन छलफलमा नेपालका पाँच मन्त्री सहभागी भएपछि उनीहरूको उपस्थितिसँगै त्यहाँ उठाइएका विषय र सहभागिताको औचित्यबारे पनि चर्चा सुरु भएको छ।

#सम्मेलन
Compare →
Onlinekhabar
7h ago
कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

२७ कात्तिक, काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ। उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका लागि नेपालबाट भने …

#सम्मेलन
Compare →

Related Stories

Politics & Governance
Build #2611