Trending
Prev Story
Next Story

जाडो सुरु भएसँगै घट्न थाल्यो डेङ्गी सङ्क्रमण

Nagarik News •
October 29, 2026 • 03:45 PM
1
1 reads 0 reactions

वर्षायाम सकिएर जाडोयाम सुरु भएसँगै गण्डकी प्रदेशमा डेङ्गीको सङ्क्रमण दर उल्लेख्य रूपमा घट्न थालेको छ।

जाडो सुरु भएसँगै घट्न थाल्यो डेङ्गी सङ्क्रमण

वर्षायाम सकिएर जाडोयाम सुरु भएसँगै गण्डकी प्रदेशमा डेङ्गीको सङ्क्रमण दर उल्लेख्य रूपमा घट्न थालेको छ।

प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार यस वर्ष सबैभन्दा बढी गत अगस्टमा १ हजार २७४ जनामा डेङ्गी पुष्टि भएकोमा अक्टोबर लागेयता त्यो सङ्ख्या घटेर ४२५ मा सीमित भएको छ।

केन्द्रका महानिर्देशक मनमोहन मिश्रका अनुसार जुलाईदेखि बढ्न थालेको सङ्क्रमण सेप्टेम्बरमा १ हजार १९१ जनामा देखिएको थियो।

यस वर्ष हिमालपारिको जिल्ला मनाङबाहेक गण्डकीका सबै जिल्लामा डेङ्गी फैलिएको र तीमध्ये सबैभन्दा बढी बागलुङ प्रभावित भएको उनले बताए।

गत जनवरीयताका ४३ हप्तामा गण्डकी प्रदेशभर कुल ३ हजार ५७६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।

‘कुनै समय एकै हप्तामा २७४ जनासम्म सङ्क्रमित भेटिएका थिए, तर पछिल्लो ४३औँ हप्तामा यो सङ्ख्या घटेर ६९ जनामा झरेको छ,’ महानिर्देशक मिश्रले भने, ‘सामान्यतया जाडो याममा यो रोगको प्रकोप न्यून रूपमा मात्र देखा पर्छ।’ विगतको तथ्याङ्क अनुसार जनवरीमा ३५, फेब्रुअरीमा ३७ र मार्चमा २६ जनामा मात्र डेङ्गी देखिएको थियो।

पछिल्लो हप्ताको आँकडा अनुसार पर्वतमा २०, गोरखा र कास्कीमा १३-१३, म्याग्दीमा ६, बागलुङमा ५, लमजुङमा ४, स्याङ्जा र तनहुँमा ३-३ तथा मुस्ताङ र नवलपुरमा १-१ जनामा सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमण दर घटे पनि जोखिम पूर्ण रूपमा नहटिसकेको चिकित्सकहरूको भनाइ छ।

‘सङ्क्रमण घट्दै गएको भए पनि कात्तिक अन्तिमसम्म डेङ्गीको जोखिम कायमै रहने भएकाले नागरिकले आवश्यक सावधानी अपनाउनुपर्छ,’ महानिर्देशक मिश्रले सचेत गराए।

डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने र दिउँसोको समयमा मात्र टोक्ने गर्दछ।

चिकित्सकहरूले घर, कार्यालय र सार्वजनिक स्थलका खाल्डाखुल्डी, पुराना टायर, ड्रम तथा भाँडाकुँडामा पानी जम्न नदिन र नियमित सरसफाइ गर्न आग्रह गरेका छन्।

यसअघि सङ्क्रमण तीव्र बनेपछि विभिन्न स्थानीय तहमा लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियानसमेत सञ्चालन गरिएको थियो।

प्रकाशित: १२ कार्तिक २०८३ २१:३० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2w ago
गण्डकीमा डेङ्गी सङ्क्रमण घट्यो, ४३ हप्तामा ३ हजार ५७६ संक्रमित

गण्डकीमा डेङ्गी सङ्क्रमण घट्यो, ४३ हप्तामा ३ हजार ५७६ संक्रमित

जाडो सुरु भएसँगै गण्डकी प्रदेशमा डेङ्गी सङ्क्रमण घटेको छ । यस वर्ष अक्टोबर लागेयता ४२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । अगस्टमा सबैभन्दा बढी एक हजार २७४ जनामा सङ्क्रमण देखिएको थियो । प्रादेशिक रोग न...

#डेङ्गी #सङ्क्रमण #गण्डकी
Compare →
Ekantipur
1w ago
जाडो सुरु भएसँगै फेरि बढ्न थाल्यो वायु प्रदूषण

जाडो सुरु भएसँगै फेरि बढ्न थाल्यो वायु प्रदूषण

युनिसेफको नयाँ प्रतिवेदनअनुसार नेपालका ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा छन् ।

#जाडो #भएसँगै #थाल्यो
Compare →
Bizshala
2w ago
जाडो सुरु भएसँगै बढ्यो अण्डाको होलसेल मूल्य, खुद्रा मूल्य भने यथावत

जाडो सुरु भएसँगै बढ्यो अण्डाको होलसेल मूल्य, खुद्रा मूल्य भने यथावत

काठमाण्डौ । चाडपर्वसँगै जाडोयाम सुरु भएपछि बजारमा माग बढ्दा अण्डाको होलसेल मूल्य बढाइएको छ।नेपाल लेयर्स कुखुरापालक...

#जाडो #भएसँगै
Compare →

Related Stories

Health & Wellness
Build #2612