Trending
Prev Story
Next Story

सोमपाल भन्छन्, अहिलेसम्मकै उत्कृष्ट खेल

Ekantipur •
October 29, 2026 • 04:02 PM
1
1 reads 0 reactions

सोमपाल नै ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले थपे, ‘नेपाली क्रिकेट अहिले फेरिएको छ । अब मुखले बोल्नु पर्दैन, ब्याटले बोल्न थालेको छ ।’

सोमपाल भन्छन्, अहिलेसम्मकै उत्कृष्ट खेल

सोमपाल नै ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले थपे, ‘नेपाली क्रिकेट अहिले फेरिएको छ । अब मुखले बोल्नु पर्दैन, ब्याटले बोल्न थालेको छ ।’

काठमाडौँ — नेपाल प्रिमियर लिगकै इतिहासको एक सर्वाधिक सनसनीपूर्ण प्रतिस्पर्धामा कर्णाली याक्सको विजयपछि कप्तान सोमपाल कामीले यसलाई प्रतियोगिताको इतिहासकै एक उत्कृष्ट खेल भएको बताएका छन् । उनले आफ्नो टिमको जितमा खुसी पनि व्यक्त गरे ।

कर्णालीको यो लगातार दोस्रो जित हो र टिम ४ अंकमा लिग तालिकाको शीर्षमा पनि उक्लेको छ । उनले भने, ‘आजको जित टिमले एकजुट भएर खेलेकै कारण सम्भव भएको हो । मलाई आफ्ना खेलाडीमा पूर्ण विश्वास थियो ।’ टीयू क्रिकेट मैदानमा विराटनगरले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ८६ रन बनाए ।

त्यसको जवाफमा एक बलको खेल बाँकी छँदा कर्णालीले छ विकेटमा १ सय ८७ रन बनाएको हो । सोमपालले गुल्सन झासँग मिलेर सातौं विकेटका लागि निर्णायक सावित ६४ रनको निर्णायक साझेदारी गरे । सोमपाल ६२ र गुल्सन २८ रनमा नटआउट रहे ।

सोमपाल नै ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले थपे, ‘नेपाली क्रिकेट अहिले फेरिएको छ । अब मुखले बोल्नु पर्दैन, ब्याटले बोल्न थालेको छ ।’ खेलपछि विराटनगरका कप्तान सन्दीप लामिछानेले जितका लागि कर्णालीलाई बधाई दिए र आफ्नो टिमले दुई खेलमा ४ अंक गुमाएको प्रतिक्रिया पनि दिए ।

उनले भने, ‘आजको खेल सुन्दर रह्यो, खालि हामी मात्र पराजित रह्यौं । यो नतिजामा चिन्ता बढेको छ । आज हाम्रो फिल्डिङ राम्रो रहेन् । केही सहज क्याच छोड्यौं । आजको खेलको नतिजाका लागि कर्णालीलाई पूर्ण श्रेय दिनु पर्ने हुन्छ ।’ विराटनगरको यो लगातार दोस्रो हार हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
लुम्बिनीविरुद्ध काठमाण्डूको उत्कृष्ट सुरुआत

लुम्बिनीविरुद्ध काठमाण्डूको उत्कृष्ट सुरुआत

काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा लुम्बिनी लायन्सविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ । शनिबार (कात्तिक २१) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा टस हारेर ब्याट...

#उत्कृष्ट
Compare →
Nagarik News
4d ago
एनपीएलमा दुर्लभ घटना: सोमपाल कामी ‘अबस्ट्रक्टिङ द फिल्ड’ आउट

एनपीएलमा दुर्लभ घटना: सोमपाल कामी ‘अबस्ट्रक्टिङ द फिल्ड’ आउट

पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी क्रिकेटमा दुर्लभ मानिने ‘अबस्ट्रक्टिङ द फिल्ड’ को सिकार बन्दै पेभेलियन फर्किएका छन्।

#सोमपाल
Compare →

Related Stories

Sports
Build #2612