Trending
Prev Story
Next Story

चेरी क्यूको हस्तान्तरण सुरु

Ekantipur •
October 29, 2026 • 04:02 PM
1
1 reads 0 reactions

काठमाडौंसहित चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा सवारी हस्तान्तरण सुरु गरिएको कम्पनीले जनाएको छ ।

चेरी क्यूको हस्तान्तरण सुरु

काठमाडौंसहित चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा सवारी हस्तान्तरण सुरु गरिएको कम्पनीले जनाएको छ ।

काठमाडौं — नेपालमा चेरी सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले ग्राहकलाई आफ्नो नयाँ विद्युतीय सहरी एसयूभी चेरी क्यू हस्तान्तरण सुरु गरेको छ । काठमाडौंसहित चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा सवारी हस्तान्तरण सुरु गरिएको कम्पनीले जनाएको छ ।

आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर तयार पारिएको चेरी क्यूमा ४१.२ किलोवाट घण्टा क्षमताको ब्याट्री रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो सवारी एक पटक पूर्ण चार्ज गर्दा ४ सय किलोमिटरसम्म चल्न सक्ने कम्पनीको भनाइ छ ।

गाडीमा ५४० डिग्री दृश्य प्रणालीको क्यामेरा, १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, विद्युतीय रूपमा सञ्चालन हुने ७० लिटर क्षमताको अगाडिको सामान राख्ने ठाउँ तथा १५.६ इन्चको टचस्क्रिनसहितको सूचना तथा मनोरञ्जन प्रणाली उपलब्ध छन् । यसमा चालकलाई सुरक्षित रूपमा सवारी चलाउन सहयोग गर्ने २० भन्दा बढी उन्नत चालक सहायता प्रणालीसमेत समावेश गरिएको कम्पनीले जनाएको छ ।

आकर्षक बाहिरी बनावट र आधुनिक प्रविधिको संयोजन रहेको चेरी क्यूले सन् २०२५ को रेड डट डिजाइन अवार्ड र सन् २०२६ को आईएफ डिजाइन अवार्डसमेत प्राप्त गरेको कम्पनीको भनाइ छ । काठमाडौं, चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा ग्राहकलाई गाडी हस्तान्तरण सुरु भएसँगै कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गरेको बताएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
नेपालमा सार्वजनिक भयो ‘चेरी क्यू’, एकपटकको चार्जमा ४०० किलोमिटरसम्म रेन्ज

नेपालमा सार्वजनिक भयो ‘चेरी क्यू’, एकपटकको चार्जमा ४०० किलोमिटरसम्म रेन्ज

कम्पनीले नयाँ मोडलमार्फत नेपाली विद्युतीय सवारी बजारमा अत्याधुनिक प्रविधि, प्रिमियम आराम र उन्नत सुरक्षा सुविधालाई प्राथमिकताका साथ प्रस्तुत गरेको जनाएको छ।

#चेरी #क्यू
Compare →
Bizshala
1w ago
भाटभटेनीलाई फोटोनका १४ वटा विद्युतीय पिकअप हस्तान्तरण

भाटभटेनीलाई फोटोनका १४ वटा विद्युतीय पिकअप हस्तान्तरण

काठमाण्डौ । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण...

#हस्तान्तरण
Compare →
Hamro Patro News
1w ago
जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

खोटाङ– सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको अस्पताल भवन हस्तान्तरण गरेको छ । नेपाल सरकारको २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा निर्माण गरिएको सुविधा...

#हस्तान्तरण
Compare →
Onlinekhabar
1w ago
नेपालमा लिपमोटर बी०३ एक्सको गाडी हस्तान्तरण सुरु

नेपालमा लिपमोटर बी०३ एक्सको गाडी हस्तान्तरण सुरु

१६ कात्तिक, काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी लिपमोटर बी ०३ एक्स ग्राहकलाई हस्तान्तरण सुरु गरेको छ। ग्राहकको उत्साहजनक माग र प्रारम्भिक बुकिङपछि कम्पनीले गाडी हस्तान्तरण प्रक्रिया अघि …

#हस्तान्तरण
Compare →

Related Stories

Business & Economy
Build #2612