Trending
Prev Story
Next Story

छुट्टीमा आएकालाई फर्किने बेला हवाई टिकट लिनुअघि श्रम स्वीकृति लिन आग्रह

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीबाट छुट्टीमा आएकालाई फर्किने बेला हवाई टिकट लिनुभन्दा पहिला श्रम स्वीकृति लिन आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै श्रम स्वीकृति नलिएका कारण हवाई उडान छुट्ने अवस्था …

छुट्टीमा आएकालाई फर्किने बेला हवाई टिकट लिनुअघि श्रम स्वीकृति लिन आग्रह

१२ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीबाट छुट्टीमा आएकालाई फर्किने बेला हवाई टिकट लिनुभन्दा पहिला श्रम स्वीकृति लिन आग्रह गरेको छ ।

विभागले सूचना जारी गर्दै श्रम स्वीकृति नलिएका कारण हवाई उडान छुट्ने अवस्था आउन नदिन सम्बन्धित श्रमिकलाई समयमै श्रम स्वीकृति लिन अनुरोध गरेको हो ।

विभागका अनुसार बिदामा आएका श्रमिकले विदेश फर्किने क्रममा हवाई टिकट लिइसकेको भए पनि श्रम स्वीकृति नभएका कारण उडान छुट्ने अवस्था आउन सक्ने भएकाले समयमै प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो ।

हवाई टिकट लिइसकेका श्रमिकलाई उडान हुनुभन्दा कम्तीमा तीन दिनअघि नै आवश्यक कागजात सहित अनलाइन माध्यमबाट पुन: श्रम स्वीकृतिका लागि आवेदन दिन विभागले आग्रह गरेको छ ।

पुन: श्रम स्वीकृतिका लागि आवेदन दिइसकेका श्रमिकको प्रक्रियामा कुनै समस्या आए तत्काल समाधान गर्नुपर्ने भए विभागले सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

त्यसका लागि विभागले शाखा अधिकृत सुरेश श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकेको छ । श्रमिकले ९७६८९९८४७३ नम्बरमा ह्वाट्सएप मार्फत सन्देश पठाएर सम्पर्क गर्न सक्नेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
अमेरिकी सैन्य विमान बेलायतको दोस्रो हवाई अड्डाबाट पनि बाहिरिए

अमेरिकी सैन्य विमान बेलायतको दोस्रो हवाई अड्डाबाट पनि बाहिरिए

काठमाडौं । अमेरिकी वायुसेनाका कम्तीमा १० वटा इन्धन भर्ने विमान सोमबार बेलायतको दोस्रो हवाई अड्डाबाट बाहिरिएका छन् । बीबीसी भेरिफाइले हेरेको उडान ट्र्याकिङ तथ्यांकअनुसार ती विमान सफोकस्थित आरएएफ मि...

#हवाई #बेला
Compare →
Nagarik News
1w ago
घर फर्किने दिन अचानक सम्पर्कविहीन भएका तीन बेलायती महिला भेटिए

घर फर्किने दिन अचानक सम्पर्कविहीन भएका तीन बेलायती महिला भेटिए

निर्धारित समयमा बेलायत नफर्किएपछि उनीहरूका परिवारले प्रहरीमा खबर गरेका थिए। त्यसपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।

#फर्किने #बेला
Compare →
Ekantipur
6d ago
इरानको हवाई प्रतिरक्षा प्रणाली ५ मिनेटमै ध्वस्त पार्‍यौं : ट्रम्प

इरानको हवाई प्रतिरक्षा प्रणाली ५ मिनेटमै ध्वस्त पार्‍यौं : ट्रम्प

इरानी सञ्चारमाध्यमले केशममा दुई क्षेप्यास्त्र प्रहार र अमेरिकी एमक्यू–९ ड्रोन खसालिएको दाबी गरेपछि ट्रम्पको भनाइ आएको हो।

#हवाई
Compare →

Related Stories

Technology
Build #2612