काठमाडौं- चिकित्सा शिक्षा क्षेत्रमा सुधार र विगतमा भएका सहमतिको कार्यान्वयनको माग गर्दै प्रा. डा. गोविन्द केसीले सत्याग्रह (आमरण अनशन) सुरु गरेका छन्। इलामस्थित नारायण मन्दिरमा आज साँझ ५ बजेदेखि उनले आफ्नो २५औँ सत्याग्रह सुरु गर्नुभएको हो।
पूर्वाधार र प्राज्ञिक जनशक्तिबिना गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन अनुमति दिइएको र विभिन्न कलेजमा मापदण्डविपरीत सिट वृद्धि गरिएको भन्दै डा. केसीले विरोध जनाएका छन्। साथै, चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको नियुक्तिमा स्वार्थको द्वन्द्व देखिएको आरोप लगाउँदै उनले निष्पक्ष छानबिनको माग समेत गरेका छन्।
Read full story at source ( swasthyakhabar.com )