काठमाडौँ । जनकपुर बोल्ट्सका अनुभवी अलराउन्डर मोइन अलीले युवा बलर राहुल यादवको प्रशंसा गरेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो खेलमै राहुलले देखाएको आत्मविश्वास र प्रदर्शन तारिफयोग्य रहेको मोइनले बताएका हुन् ।
काठमाडौँ गोर्खाज विरुद्ध रोमाञ्चक जित निकालेपछि खेलपछिको प्रतिक्रियामा मोइनले राहुलको प्रदर्शनले आफूलाई प्रभावित पारेको बताए । युवा खेलाडीले पहिलो खेलमै आत्मविश्वासका साथ आफ्नो क्षमता प्रस्तुत गर्नु टोलीका लागि सकारात्मक पक्ष रहेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )