Trending
Prev Story
Next Story

सांसद सुनारमाथि छानबिन सुरु भइसक्यो, घटना अति संवेदनशील : रास्वपा अनुशासन आयोग

Ekantipur •
October 13, 2026 • 12:25 PM
2
2 reads 0 reactions

रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले कान्तिपुरसँगको कुराकानीमा चारित्रिकदेखि विभिन्न विषय आएको र आम नागरिकको चासो रहेकाले अनुसन्धान अघि बढाइएको बताए ।

सांसद सुनारमाथि छानबिन सुरु भइसक्यो, घटना अति संवेदनशील : रास्वपा अनुशासन आयोग

रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले कान्तिपुरसँगको कुराकानीमा चारित्रिकदेखि विभिन्न विषय आएको र आम नागरिकको चासो रहेकाले अनुसन्धान अघि बढाइएको बताए ।

काठमाडौँ — एक महिलासँगको अश्लील र आपत्तिजनक अडियो बाहिरिएपछि रास्वपा सांसद खगेन्द्र सुनार विवादमा तानिएका छन् । त्यो अडियोमा सुनारकै आवाज रहेको दाबी गरिएको छ। तर यसको अनुसन्धानपछि पुष्टि हुन बाँकी छ।

रास्वपा महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै सांसद सुनारमाथि लागेका आरोप निकै गम्भीर र संवेदनशील भएको बताएका छन् । यस विषयमा सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको पनि उनले बताएका छन् ।

यसै सन्दर्भमा रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराई सँग कान्तिपुरका दशरथ राईले गरेको संक्षिप्त कुराकानी :

रास्वपाका सांसद खगेन्द्र सुनारको विवादित अडियो सार्वजनिक भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

हामीले पनि सामाजिक सञ्जाल र मिडियामा आएपछि थाहा पाएका हौं । अहिले प्रारम्भिक छानबिन सुरु भइसकेको छ । तर, यो विषय निकै गम्भीर छ भनेर बुझ्दा हुन्छ ।

छानबिनका क्रममा उहाँसँग सम्पर्क भयो ?

अनुशासन आयोगको आफ्नै प्रक्रिया, नियमावली, विधान र आचारसंहिता छन् । तिनका आधारमा छानबिन सुरु भइसकेको छ । अनुसन्धान प्रक्रियागत हुने भएकाले उहाँको पनि प्रतिक्रिया लिन्छौं । अहिले यी विषयलाई गम्भीरतापूर्वक लिएकाले नै छानबिन सुरु गरिसकेका छौं । उहाँ कति छिटो सम्पर्कमा आउनुहुन्छ, त्यसअनुसार पनि निष्कर्षको समय निर्धारण हुन्छ ।

चारित्रिक कुरादेखि विभिन्न विषय आएका छन् । यसलाई हामीले अति संवेदनशील रूपमा हेरेका छौं । एउटा लोकतान्त्रिक पार्टीले यसलाई गम्भीरतापूर्वक लिनैपर्‍यो नि । आम नागरिकको चासो छ । सामाजिक सञ्जालमा के-कसो हो भन्ने चर्चा छ । हामी रातदिन नभनी अनुसन्धानमा लाग्छौं ।

दशरथ राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी चलिरहेका बेला रास्वपा सांसद सिंहले बढाए राजनीतिक दौडधुप

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी चलिरहेका बेला रास्वपा सांसद सिंहले बढाए राजनीतिक दौडधुप

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी गरेको बेला रास्वपा सांसद अमरेश सिंह राजनीतिक रुपमा सक्रिय देखिएका छन् । भाइटिकाको अघिल्ला दुई दिन सांसद सिंहले आफ्ना दलका सभापत...

#रास्वपा #सांसद
Compare →
Nagarik News
1d ago
रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही टोलमा रास्वपाले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच विवाद हुँदा झडप भएको हो।

#रास्वपा #सांसद
Compare →
Onlinekhabar
14h ago
सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

२७ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा ११ दिने चीन भ्रमण गर्न लागेका रास्वपाका नेताहरूको भ्रमणको कार्यतालिका निश्चित भएको छ । आइतबार (कात्तिक २९ गते) बाट चीनको भ्रमण गर्ने रास्वपाका नेताहरू सिचुवान प्रान्तको …

#रास्वपा #सांसद
Compare →

Related Stories

National (Nepal)
Build #2612