Trending
Prev Story
Next Story

नेप्सेमा कारोबार रकम साढे ६ महिनायताकै उच्च

Nagarik News •
October 29, 2026 • 11:36 AM
1
1 reads 0 reactions

नेप्से परिसूचक बिहीबार पनि उच्च अंकको वृद्धि भएको छ। नेप्से बिहीबार ३१.५४ अंक बढेर २६९५.६० विन्दुमा पुगेको छ।

नेप्सेमा कारोबार रकम साढे ६ महिनायताकै उच्च

नेप्से परिसूचक बिहीबार पनि उच्च अंकको वृद्धि भएको छ। नेप्से बिहीबार ३१.५४ अंक बढेर २६९५.६० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ६.४१ अंक, फ्लोट इण्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ।

नेप्सेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा बिहीबार एक अर्बभन्दा बढीले वृद्धि भएको छ । बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको ६९ हजार ६१९ पटकको कारोबारमा ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँबराबरको २ करोड ३२ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिनको कारोबार रकम करिब साढे छ महिनायताकै उच्च हो। यस अघि गत बैशाख ३ गते नेप्सेमा करिब साढे ९ अर्बको शेयर खरिदबिक्री भएको थियो।

बेनी हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८० रुपैयाँ ५० पैसा बढेर ६१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल पुनर्बिमा कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य यस दिन ३.६५ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ६१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिद्धार्थ बैंकको करिब साढे २५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने लक्ष्मी सनराइज बैंकको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १७:२१ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
5d ago
नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

काठमाण्डौ । एक वर्षअघि नेप्से २,५९६.१२ अंकमा थियो। गत शुक्रबार २,६५५.२२ अंकमा बन्द भयो। यो अवधिमा नेप्सेको मूल्य सूचक २.२८...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Hamro Patro News
13h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Arthasansar
14h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#शेयर-बजार #नेप्से
Compare →
Onlinekhabar
14h ago
घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

२७ कात्तिक, काठमाडौं । तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ । शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको …

#शेयर-बजार #अंक
Compare →

Related Stories

Business & Economy
Build #2612