Trending
Prev Story
Next Story

सहर आएका मित्र हरि रोकालाई

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

चार वर्षअघि राजधानी सहरलाई तिरस्कार गरेर गाउँ गएका हरि रोका वामपन्थी खोज्न फेरि राजधानी आएका छन् । भदौ महिनाको ओस र अप्रिय उष्णताको एक दिन राजधानी काठमाडौंमा आएर उनी एउटा पोडकास्टमा कुरा गर्दै थिए कवि संगीत श्रोतासँग । भन्दै थिए : अब …

सहर आएका मित्र हरि रोकालाई

चार वर्षअघि राजधानी सहरलाई तिरस्कार गरेर गाउँ गएका हरि रोका वामपन्थी खोज्न फेरि राजधानी आएका छन् ।

भदौ महिनाको ओस र अप्रिय उष्णताको एक दिन राजधानी काठमाडौंमा आएर उनी एउटा पोडकास्टमा कुरा गर्दै थिए कवि संगीत श्रोतासँग । भन्दै थिए : अब सहरले गाउँलाई घेर्नुपर्छ ।

उनको गाउँ रित्तो हुँदैछ मानिस नभएको रित्तो गाउँमा कसरी वामपन्थी सपना देख्ने ? तसर्थ माओत्से तुङलाई सम्मानसहित सम्झँदै उनी भन्छन् : अब गाउँले सहरलाई होइन, सहरले गाउँलाई घेर्नुपर्छ ।

उनी आफ्नो जीवनको उत्तरार्धमा राजधानीका नक्कली वामपन्थीसँग वाक्कदिक्क भएर एकान्त चिन्तन गर्न जीवनको अर्थबोध गर्न र सक्कली वामपन्थी खोज्न खोटाङ जिल्लाको चुइचुम्मा गाउँमा स्थायी बासिन्दा बन्न गएका थिए, जुन गाउँ उनको जन्मथलो हो ।

तर अब त्यहाँ उनको त्यो सपना धरमराएको छ । त्यसैले उनी वामपन्थी खोज्न सहर आएका छन् ।

हरि रोकाको पोडकास्ट हेरेपछि, सुनेपछि म मेरो इतिहासको सुदूर समयमा पुग्छु जुन बेला उनी अहिलेझैं समाजवादको जेन्जी सपना देख्थे । त्यस बेला तथाकथित वाम नेताहरु घुस खानमा खली भइसकेका थिए ।

मैले उनको सपना र ती नेताहरुको चरित्रको विरोधाभाष देखेर पीत संवाद लेखेको कुरा उनलाई थाहा छ । मेरो थोत्रो आर. एक्स मोटर साइकलको पछाडि बसेर भष्टाचारको मुख्य योजनाकार सिंहदरबारलाई भेट्न जाँदा पनि उनी अहिलेझैं वामराज्यको सपना देखिरहेका हुन्थे ।

अन्तर्वार्ता हेरेपछि म निकै अतालिएँ । मैले चार वर्षअघिका हरि रोकालाई फेरि संझिएँ । उनले सहर छोड्ने बेलालामा देशका अरु बुद्धिजीवीहरु पनि गाउँ पसिरहेका थिए । जस्तै नारायण वाग्ले, केदार शर्मा, राजेश केसी र अरुहरु । तर अहिले थाहा भयो, उनीहरु गाउँ गए पनि सहरको शक्ति आफूसँगै लिएर त्यहाँ गएका रहेछन् । केबल मेरो थोत्रो आर एक्स यमाहा मोटर साइकलको पछाडि बसेर समाजवादको सपना देख्दै भष्टाचारको हेडक्वार्टर सिंहदरबारमा आफ्ना नक्कली वामपन्थी नेताहरुलाई अभिवादन गर्न जाने लाटो हरि रोका मात्र सहर र शक्तिलाई पुरै त्यागेर महान् स्वच्छन्दतावादी कविझैं चुइचुम्मा गएका रहेछन् ।

प्रिय मित्र हरि रोका । माफ पाउँ । आज वर्डस्वर्थको जमाना होइन । आज फार फ्रम म्याडिङ क्राउड पनि असामयिक छ । देवकोटाको लुनी र कृषिबाला खण्डकाव्यको पनि केही काम छैन । किनकि आज गाउँ हिजोको जस्तो छैन ।

दश वर्षे जनयुद्धसम्म गाउँ हाम्रो थियो र त सहर घेरिएको थियो । तर अहिले कवि श्यामलले निबन्धमा लेखेझैं गाउँ रित्तो छ र तिमीले पोडकास्टमा भनेझैं सहर पनि हाम्रो होइन ।

अहिले सहर कसको हो, मलाईभन्दा जनअर्थशास्त्रका ज्ञाता तिमीलाई राम्ररी थाहा छ ।

अब भन मित्र, आफ्नो बन्न नसकेको नक्कली वामपन्थीहरुले अरु कसैको पोल्टामा जिम्मा लगाइसकेको यस्तो घनघोर विपत्तिमा पराइ सहरले गाउँलाई कसरी घेर्छ ? ……

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
14h ago
दिल्ली बन्यो विश्वकै नम्बर एक वायु प्रदूषित सहर

दिल्ली बन्यो विश्वकै नम्बर एक वायु प्रदूषित सहर

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्ली पाकिस्तानको लाहोरलाई उछिन्दै शुक्रबार विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेपछि २ करोड जनसङ्ख्या रहेको दिल्ली बाक्ल...

#सहर
Compare →
Nagarik News
3d ago
विश्वका ५० प्रदूषित सहरमा परे भारतका ४९ सहर

विश्वका ५० प्रदूषित सहरमा परे भारतका ४९ सहर

भारतमा वायु प्रदूषणको समस्या गम्भीर बन्दै गएको छ। मंगलबार बिहान सार्वजनिक तथ्यांकअनुसार विश्वका ५० सबैभन्दा प्रदूषित सहरमध्ये ४९ वटा भारतका थिए।

#सहर
Compare →

Related Stories

National (Nepal)
Build #2611