Trending
Prev Story
Next Story

दुई दशकदेखि जिर्ण भवनबाटै स्वास्थ्य सेवा

Ekantipur •
October 29, 2026 • 10:01 AM
1
1 reads 0 reactions

भवनमा पर्याप्त कोठा र उपकरण नहुँदा स्वास्थ्यकर्मी तथा स्थानीयवासी उपचार सेवामा कठिनाइ भोगिरहेका छन् ।

दुई दशकदेखि जिर्ण भवनबाटै स्वास्थ्य सेवा

भवनमा पर्याप्त कोठा र उपकरण नहुँदा स्वास्थ्यकर्मी तथा स्थानीयवासी उपचार सेवामा कठिनाइ भोगिरहेका छन् ।

सल्यान — कालिमाटी गाउँपालिका-७ काप्रेचौरस्थित स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी दुई दशकदेखि जीर्ण भवनबाट स्वास्थ्य सेवा दिन बाध्य भएका छन् । सम्बन्धित निकायले नयाँ भवन निर्माणमा चासो नदिएपछि स्वास्थ्यकर्मीहरू जीर्ण भवनबाट सेवा दिन बाध्य भएका हुन् ।

जीर्ण भवनको छानाबाट वर्षात्‌को समयमा पानी चुहिएर कोठामा जम्ने गरेको र साँघुरो तथा एउटै कोठाबाट धेरै किसिमका सेवा दिनुपर्दा स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । स्वास्थ्यचौकीले आधारभूत खालका ओपीडी, परिवार नियोजन, खोप, ल्याब, सुत्केरी सेवा दिँदै आए पनि ३ दशकअघि बनेको भवनमा पर्याप्त कोठा नभएका कारण सेवामा कठिनाइ भएको छ ।

स्थानीयले गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउन सकून् भनेर सरकारले भौगोलिक विकटता भएको काप्रेचौरमा ३ दशकअघि भवन निर्माण गरी स्वास्थ्यचौकी स्थापना गरेको थियो । तर अहिले जीर्ण भौतिक संरचनासहित आवश्यक उपचार उपकरणको अभावमा स्थानीयवासी स्वास्थ्य सेवाका लागि सुर्खेत, कोहलपुर र नेपालगन्ज जान बाध्य हुँदै आएका छन् ।

बर्खामा जीर्ण भवनको छाना चुहिने र हिउँदमा छाना उडाउने जोखिम रहेको स्वास्थ्यचौकीका इन्चार्ज यज्ञ परियारले बताए । ३ दशकअघि बनेको भवनमा ६ वटा कोठा भए पनि एउटै कोठाबाट धेरै किसिमका सेवा दिनुपरेको र एउटै कोठामा औषधिलगायत सामग्री थुपारेर राख्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘स्वास्थ्यचौकीले आधारभूत सबै किसिमको सेवा दिने गरेको छ । गर्भवती भएकालाई सुत्केरी सेवा दिने गर्छ तर भवनको अवस्था दयनीय भएकाले सेवा दिन कठिनाइ भएको छ । पानी परेमा छाना चुहिने हुँदा स्टोरमा राखेका औषधि जोगाउन गाह्रो हुन्छ,’ उनले भने, ‘धेरै बिरामी आएमा बस्ने ठाउँ हुँदैन, बाहिर राख्नुपर्छ । अहिले दैनिक १०-१५ जना उपचारका लागि आउँछन् र खासै समस्या छैन । एकै पटक धेरै बिरामी आए, महामारी फैलियो भने धेरै गाह्रो हुन सक्छ ।’ बारम्बार माग गरेपछि नयाँ भवनका लागि यसपालि ४० लाख बजेट परेर टेन्डर भइसके पनि काम सुरु हुन नसकेको उनको भनाइ छ ।

स्वास्थ्यचौकीकी महिला स्वास्थ्यकर्मी हरिकला न्यौपानेले सुत्केरी सेवाका लागि छुट्टै कोठा भए पनि राति बस्ने ठाउँ नहुँदा सेवामा कठिनाइ भएको बताइन् । ‘केही वर्षअघिसम्म त मोबाइलको टर्च बालेर सुत्केरी गराउनुपर्ने बाध्यता थियो । अहिले सोलार जडान गरेपछि बत्तीको समस्या छैन तर नयाँ भवन समयमै निर्माण नहुँदा समस्या जहाँको त्यहीँ छ,’ उनले भनिन्, ‘सुत्केरी सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मी भए पनि पर्याप्त सामग्री अभावमा समस्या देखिएकालाई बाहिर पठाउनुपर्ने हुन्छ । स्वास्थ्यकर्मीले प्रसूति सेवाका लागि २४सैँ घण्टा सेवा दिनुपर्ने हुन्छ । स्वास्थ्यकर्मीका लागि बस्ने कोठा नभएपछि झनै गाह्रो छ ।’ स्वास्थ्यचौकीमा महिनामा ३-४ जना सुत्केरी हुने गरेको उनको भनाइ छ ।

वडाध्यक्ष मित्रलाल रिजालले धेरै वर्षअघि निर्माण गरिएको भवन जीर्ण भएकाले स्वास्थ्यकर्मीलाई सेवा दिन असहज भएको र स्वास्थ्यचौकीमा पर्याप्त उपकरण तथा सामग्री नहुँदा बिरामी प्रभावित हुँदै आएको बताए । उपचारका लागि नेपालगन्ज र सुर्खेत जान बाध्य हुनुपरेको उनले बताए । अहिले ४० लाख बजेट परेर पालिकाले टेन्डर गरेको उनले जानकारी दिए ।

कालिमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरखबहादुर थापाले जीर्ण भवनबाट सेवा दिन स्वास्थ्यकर्मीलाई कठिनाइ भए पनि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढेकाले आगामी दिनमा त्यस्तो समस्या नआउने बताए । भौगोलिक विकटताका कारण विगतमा सडक नजोडिएको र हिँडेर आउजाउ गर्न तीन दिनभन्दा बढी लाग्ने तथा निर्माण सामग्री पुर्‍याउन कठिनाइ भएपछि भवन निर्माण हुन नसकेको उनले जानकारी दिए । पछिल्लो समयमा पालिकाका सबै वडाका स्वास्थ्यचौकीमा नयाँ भवन निर्माण भइरहेको उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
1w ago
तीन दशकको बैंकिङ अनुभव भएका प्रताप सुवेदी नेप्सेको सीईओ नियुक्त

तीन दशकको बैंकिङ अनुभव भएका प्रताप सुवेदी नेप्सेको सीईओ नियुक्त

काठमाडौं । सरकारले बैंकिङ तथा वित्तीय क्षेत्रमा करिब तीन दशकको अनुभव भएका प्रताप सुवेदीलाई नेपाल स्टक एक्सचेञ्ज...

#दशक
Compare →
Hamro Patro News
4h ago
एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो

एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो

एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो आर्थिक वर्ष २०७१/७२ मा ३४ हजार ६ सय ७५ टन रहेको जुनार उत्पादन, २०८१/८२ मा बढेर ४६ हजार २ सय ७७ टन पुग्यो । कार्तिक २७, २०८३ प्रकृति दाहाल सरकारी तथ्यांक...

#दशक
Compare →

Related Stories

Health & Wellness
Build #2611